घरमा आगलागी
आर्थिक परिवेश संवाददाता

रौतहट, १३ फागुन । रौतहटको कटहरिया नगरपालिका–५ स्थित १ घरमा आगलागी भएको छ । मैनबत्तीबाट सल्किएर सुरु भएको आगलागीका रकाण घर पूर्ण रुपमा जलेको छ भने तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा सबै जलेर क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। मानवीय क्षति…

सर्वोत्तम सिमेन्टको आईपीओ खुला
आर्थिक परिवेश संवाददाता

काठमाडौ, १३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेको छ । आजबाट सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको यस कम्पनीको आईपीओका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला गरिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण…

जापान नेपालको हितैषी मित्र: राष्ट्रपति पौडेल
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको हितैषी मित्र भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापान नेपालको हितैसी मित्र हुनुका साथै नेपालको दिगो विकासका लागि सहयात्री समेत भएको बताएका छन्। उनले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले उच्च मूल्यांकन गरेको बताए । ‘नेपालका राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमा समेत प्रगति भैरहेको भन्दै यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव आगामी दिनहरुमा पनि विगतमा जस्तै महत्त्वपूर्ण रहने बताए ।…

बालकुमारी घटनाका दोषीमाथि कारवाही हुन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन भएको र सो आयोगले तयार पारेको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै सो कुरा बताएका हुन् । आइतबारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका छन् । जसमा सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही गरिने बताएका थिए । बालकुमारी…

मेलम्चीको पानीमा भ्रष्टचार, भीम उपाध्यायसहित १८ जना विरुद्ध मुद्दा दायर
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आज पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १८ जनालाई प्रतिवाद बनाई मुद्दा दायर गरेको हो । त्यस्तै त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुमाथि ८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख…