१८ क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध
आर्थिक परिवेश संवाददाता

काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताभएका मध्य १८ वटा क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल निर्विरोध भएको छ । देशका विभिन्न स्थानमा रहेका क्याम्पसहरूमा १८ सभापति सहित स्ववियु अखिल क्रान्तिकारीको प्यानल विजयी भएको हो । हाल सम्म स्ववियु सभापति सिहत निर्विरोध भएका क्याम्पसहरूमा सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा निर्विरोध भएका छन् । आजै भएको मनोेनयन दर्तामा सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी, चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की निर्विरोध भएका छन् । यसैगरी बन्गाड क्याम्पस,…

अनुदानलाई उपलब्धीमुलक बनाउन ब्यक्तीमा होइन समुहमा लगानी गरिनेछः मुख्यमन्त्री जम्कट्टेल
आर्थिक परिवेश संवाददाता

हेटौंडा । वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वाग्म्ती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताएका छन् । हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उनले बताए । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि निर्माण क्षेत्रमा पनि साना लगानी भन्दा ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास निर्माण गर्ने योजना रहेको…

आरआरमा खुकुरी हानाहान तीनजना घाइते
आर्थिक परिवेश संवाददाता

काठमाडौं  ।  रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा  शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि एकीकृत नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीले एमाले निकट विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ । खुकुरी हानाहानमा  अनेरास्ववियुका प्राकका अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको बताए । राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका हुन् । उनले  निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको जनाए । सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं भरका गुण्डाहरु बोलाएर आक्रमण गर्न खोजिएको र निर्वाचन बिथोल्न खोजिएको खड्काको आरोप छ ।…

तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाता

तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छन्  ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरिन्  । मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, “स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।” विकास निर्माणमा सरकार प्रतिबद्ध…

निजामतीभित्रको विकृति र विसंगति समाधान गर्न ऐन कोसेढुंगा सावित हुन्छः मन्त्री मोदी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन कोसेढुंगा सावित हुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको संघीय निजामती ऐनको सन्दर्भमा संवैधानिक आयोगका अध्यक्ष एवं अन्य पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् । “विद्यमान निजामती सेवामा बहाल रहेका कर्मचारीहरुमा उचित दण्ड र पुरस्कारको प्रबन्ध छैन, दण्ड भनेकै अनिच्छित सरुवा हो र पुरस्कार भनेको आकर्षक सरुवा हो भन्ने मात्रै बुझाई स्थापित छ”  उनले भने “त्यसलाई व्यवस्थित गर्नका लागि प्रस्तावित संघीय निजामती सेवा ऐनमा समुचित कारबाहीको व्यवस्था मिलाउने, त्यसका लागि कानुनी र संरचनागत…