ठुलो मान्छेले काम गर्नै हुन्न भन्ने मानसिकता भत्काउनुपर्छ: पर्यटन मन्त्री सुदन किराँती
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् । शनिबारबाट सुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गरे । आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने उनको भनाइ थियो। मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश…
इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीहरूलाई सम्मान
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा इन्फोडेभलपर्सले ३ बर्ष भन्दा बढी योगदान गरेका महिला कर्मचारीलाई आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । इन्फोडेभलपर्समा सफ्टवेयर डेभलपमेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्ट लगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । कम्पनीले अनु खड्का, बिन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ्ग, श्रीस्टिना नकर्मी, सुस्मिता राईलाई सम्मान गरेको छ । सम्मान पाउने कर्मचारीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै वरिष्ठ इन्जिनियर निश्मा काफ्लेले नेपालकै अग्रणी कम्पनीमा काम गर्दा विभिन्न प्रयोगात्मक कुराहरु सिक्नुको साथै आफुलाई…
जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण
आर्थिक परिवेश संवाददाताअर्घाखाँची । जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ । बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी–६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । रैथाने बालीका रुपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । “बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ”, चालु आर्थिक वर्षमा वडा कार्यालयले चार लाख विनियोजन गरेर जङ्गली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो । निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको…
माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीतः उपाध्यक्ष सापकोटा
आर्थिक परिवेश संवाददाताजनकपुर । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् । शनिवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार सङ्क्रमणकालीन न्यायको विषय अगाडी बढ्नुपर्ने बताएका हुन् । उनले भने – ‘यो मुद्दाको कुरा २०६३ साल मङ्सिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ । त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ ।…
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
भरत केसीलुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् । विदेशी दातृ निकायले उपलब्ध गराएका सवारी साधन खुला आकाशमुनि थन्किदा पनि सञ्चालका लागि…

