१८ क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध

निकासखबर संवाददाता

काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताभएका मध्य १८ वटा क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल निर्विरोध भएको छ । देशका विभिन्न स्थानमा रहेका क्याम्पसहरूमा १८ सभापति सहित स्ववियु अखिल क्रान्तिकारीको प्यानल विजयी भएको हो ।

हाल सम्म स्ववियु सभापति सिहत निर्विरोध भएका क्याम्पसहरूमा सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा निर्विरोध भएका छन् ।

आजै भएको मनोेनयन दर्तामा सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी, चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की निर्विरोध भएका छन् ।

यसैगरी बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट,, फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने, लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही, जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोटमा जागेश्वर थापा पनि निर्विरोध भएका छन् ।

यसंगरी गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ, चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल, मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल, सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने, शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी, गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे निर्विरोध भएका छन् ।

यस्कंतै कलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ, चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ र नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता निमल्सिना निर्विरोध भएका हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित