सिन्धुलीको फिक्कलमा यत्रुबस दुर्घटना हुँदा  ६ जनाकाे मृत्यु, २९ जना घाइते
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  ओखलढुंगाको रूम्जाटारबाट काठमाडौंका लागि छुटेको यात्रुबस सिन्धुलीको फिक्कलमा दुर्घटना हुँदा  ६ जनाकाे मृत्यु भएकाे  छ ।  ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु  भएको हाे । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला रहेका र मृतककाे परिचय खुल्न नसकेकाे  सिन्धुलीका एसपी राजकुमार सिलवालले  बताए  ।  उनका अनुसार दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । हाल बस चालक भने  फरार…

अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं
आर्थिक परिवेश संवाददाता

काठमाडौं । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमाआयोजित एक कार्यक्रमकाबक्ताहरुले बताएका छन्  । सानाकिसानविकास लघुवित्त वित्तीय संस्थालि. को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यानदिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बतएका हुन् । कार्यक्रममा बोल्दै कृषि विकास बैंककापूर्व अध्यक्ष एवं सिइयो श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पदनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्यकिसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिकाकार्यक्रमहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । सहकारीमा…

हात्तीपाइलेविरुद्धको औषधी खुवाउने म्याद थप
आर्थिक परिवेश संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ । फागुन २५ गतेसम्म औषधी खुवाउने समयसिमा रहेकामा मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो । कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन भइरहेको छ।

छ वटा पहिचानवादी पार्टीबीच एकता
आर्थिक परिवेश संवाददाता

झापा । विभिन्न पहिचानवादी पार्टीबीच एकता भएको छ । झापाको बिर्तामोडमा आज पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा विभिन्न छ वटा पहिचानवादी पार्टीहरुबीच एकता भएको हो । राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद), संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति, लोसपा र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियानबीच एकता भएको हो । सम्बद्ध पार्टीका शीर्ष नेताहरुले संयुक्त रुपमा एकता सहमति पत्रमा हस्ताक्षर गरेका छन् । जनमुक्ति पार्टीका महासचिव विष्णु खाम्देनले पहिचानको आन्दोलनलाई व्यवस्थित गर्दै एकता यात्रा शुरु गरिएको बताए । “नेपाली जनता र नेपाली क्रान्तिको आवश्यकतालाई महसुस गरेर…

 संगठन सुदृढीकरण अभियानमा माओवादी केन्द्र
आर्थिक परिवेश संवाददाता

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ । झापाको भद्रपुरमा आज एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ ‘विजय’ले उद्घाटन गरे । जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उहाँले जोड दिए । “जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ”, उनले भने, “पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।” कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक…