सिन्धुलीको फिक्कलमा यत्रुबस दुर्घटना हुँदा  ६ जनाकाे मृत्यु, २९ जना घाइते

निकासखबर संवाददाता

काठमाडौं ।  ओखलढुंगाको रूम्जाटारबाट काठमाडौंका लागि छुटेको यात्रुबस सिन्धुलीको फिक्कलमा दुर्घटना हुँदा  ६ जनाकाे मृत्यु भएकाे  छ ।  ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु  भएको हाे ।

मृत्यु हुनेमा ३ पुरुष र ३ महिला रहेका र मृतककाे परिचय खुल्न नसकेकाे  सिन्धुलीका एसपी राजकुमार सिलवालले  बताए  ।  उनका अनुसार दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए ।

बस सडकको भित्तामा ठोक्किएको छ । हाल बस चालक भने  फरार रहेका छन् ।

मा प्रकाशित