अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं

निकासखबर संवाददाता

काठमाडौं । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमाआयोजित एक कार्यक्रमकाबक्ताहरुले बताएका छन्  ।

सानाकिसानविकास लघुवित्त वित्तीय संस्थालि. को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यानदिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बतएका हुन् ।

कार्यक्रममा बोल्दै कृषि विकास बैंककापूर्व अध्यक्ष एवं सिइयो श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पदनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्यकिसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिकाकार्यक्रमहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

सहकारीमा समस्यामात्र छ्रैनन्, उनले भने सम्भावना बोकेका र आफुलाई सफल प्रमाणीत गरेका सहकारीहरु पनि छन् यसको पहिचान गर्ने र भन्ने समय आईसकेको छ । सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्यगर्नुपर्ने उपाध्ययको जोड रहेको थियो ।

सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्यकिसानहरुलाई प्रवाह गरेको ज्ञान, सिप, पूँजी, प्रविधि र सचेतनाले गरिब, पिछडीएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरुको नेतृत्वविकासमा ठूलो योगदानपुगेको बताए ।

यसैगरी कार्यक्रममा सना किसान विकास लघुवित्त वित्तीय संस्थालि. काअध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषण प्रति असन्तुष्टि जनाए । उनले जहाँ समस्या छ त्यहीँ उपचार गर्नु पर्नेमा सबै क्षेत्र नै गलतभयो भन्नेगरी भईरहेको प्रचार प्रसारले आफुहरुलाई नकारात्मक प्रभाव पारिरहेको बताए ।

उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्थामार्फत सदस्य किसानहरुलाई सेवा प्रदान गर्दै आईरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दावी गरे । अहिले १ हजार ४ सय ५९ साझेदार साना किसान कृषि सहकारी मार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थालि. ले सेवाप्रवाहगरिरहेको जानकारी गराउँदै उनले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिए जस्तो समस्या नरहेको स्पष्ट पारे ।

ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत साना किसान विकास लघुवित्त वित्तीय संस्थालि.ले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा काम गरिरहेको जानकारी गराए ।

किसानहरुको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित सानाकिसान कृषि सहकारीहरुमा कुनै समस्या नरहेको स्पष्ट पार्नु हुँदै अध्यक्ष पाठकले कहीँकतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

गरिब किसानहरुलाई धनी बनाउने, पछाडी परेकाहरुलाई मुल धारमा ल्याउने, सामाजिक सामुदायिक काम मार्फत खानेपानी, सडक, सरसफाई लगायतका काममा साना किसानहरु गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको अध्यक्ष पाठकले दावी गरे  ।

कार्यक्रममा कृषिविकास बैंककासिईयो गोविन्द गुरुङले नेपालको दुरदराजका किसानहरुलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले किसानहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पदन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

सिईयो गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसंग मात्र कारोवार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले सदस्यहरुको क्षमता विकास गर्दै विशेष गरी युवाहरुलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिसने सम्भावना रहेको समेत बताए ।

यसैगरी कार्यक्रममा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा.शिवराम प्रसाद कोईरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकन गरिनुपर्नेमा जोड दिए । उनले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजार भन्दा बढि घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दावी गरे ।

उनले ७९ प्रतिशतमहिला सदस्य रहनेगरी नेपालको दुरदराजमा सानाकिसान कृषि सहकारीहरु स्थापनाभई सञ्चालनमा रहेको बताए । अहिले सहकारी मार्फत सदस्यहरुले एकल र सामुहिक रुपमाचिया, दुध, डेरी, तेल, चामल लगायतका उद्यम सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा देशभर रहेका १ हजार ४ सय ५९ साझेदार सहकारी संस्थामध्ये सर्वोउत्कृष्ट संस्थाका रुपमा परिवर्तन महिला सानाकिसान कृषि सहकारी संस्थालि. गुमी सुर्खेतलाई पुरस्कृत गरिएको छ ।

यसैगरी ११ वटा इलाकाकार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रुपमा हेटौँडा इलाका कार्यालयलाई उत्कृष्ट इलाका कार्यालयका रुपमा पुरस्कृत गरेको छ । कार्यक्रमका लघुवित्त वित्तीयवित्तीय संस्था लि.का सञ्चालक, कर्मचारी, पत्रकार एवं विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

मा प्रकाशित