जंगलमा लागेको आगोले खोस्यो घरबास
आर्थिक परिवेश संवाददातातेह्रथुम । तेह्रथुमकाे लालीगुराँस नगरपालिका–६ सुङनामकी ४६ वर्षीया रनमाया तामाङ सोमबार बिहान जलेर खरानी भएको घरअगाडि टोलाइरहेकी थिइन् । घर अगाडिको बारीको पाटामा दुई छोरा बसेर त्यही जलेको घर हेरिरहेका थिए । आइतबार आगोले ध्वस्त घरबाट सोमबार बिहानसम्म पनि धुँवा आइरहेको थियो । उनका श्रीमान् पञ्चबहादुर तामाङ घुँडा दुख्ने समस्या भएपछि उपचार गराउन घरमा आगो लागेको दिन शनिबार बिहान धरान गएका थिए । आइतबार घरसहित सम्पूर्ण सम्पत्ति जलेर खरानी भयो । उनी उपचारमै छन् । घर फर्किन सकेका छैनन् । फर्किएर पनि उनी बास बस्ने घर छैन । फुसको छाना हटाएर जस्तापाता लगाउन बाख्रा र गोरु बिक्री गरेर जम्मा गरेको…
ओखलढुंगाका २१ दुर्घटनामा २६ जनाको मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडौं । ओखलढुंगामा गत फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो भने बाह्र जना घाइते भए। खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो । कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै दुर्घटनाको प्रमुख कारण हो। पाँचजनाको क्षमता भएको जिपमा १४ यात्रु सवार रहेका र बढी यात्रु भएकै कारण अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।सडक मापदण्ड अनुसारका नहुनु र जथाभावी खनिएका साँघुरा सडकका साथमा असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका सडक र यात्रुमा कोचेर बोक्ने चलन भएकाले दुर्घटना बढेको उनले बताए ।…
गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीेले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, “ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मुलभूत रुपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ ।” ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो । “सबैका मागलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन,…
लाखाैं ठगीकाे आराेपमा सहकारी सञ्चालक पक्राउ
आर्थिक परिवेश संवाददाताविराटनगर । सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका-६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका-१४ घर भई विराटनगर महानगरपालिका-३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका-२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर-२ मा रहेको र फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि…
नेम्वाङ एमालेको संसदीय दलको उपनेता नियुक्त
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमबार संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् । अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए । यसअघि ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिएका थिए ।

