नेम्वाङ एमालेको संसदीय दलको उपनेता नियुक्त

निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमबार संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् ।

अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए । यसअघि ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिएका थिए ।

मा प्रकाशित