मदन भण्डारी राजमार्गमा मानव कंकाल भेटियो
आर्थिक परिवेश संवाददाताइलाम । कोशी प्रदेशको इलाम जिल्ला अन्तर्गत रोङ गाउँपालिकामा जनयुद्धका सहिद तुलसी प्रधान (जीवन) को मानव कंकाल भेटिएको छ । गाउँपालिकाको वडा नं. २ झटारेमा मदन भण्डारी राजमार्ग अन्तर्गत सानो नेते खोलामा पक्कि पुल बनाउने क्रममा उक्त कंकाल भेटिएको हो । तत्कालिन शान्तिपुर गाविस ७ का २८ वर्षीय तुलसी प्रधानलाई ०६१ साउन ६ गते विहान ४ बजे आफ्नै घरमा सुतेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएकोमा दिउँसो ३ बजे झापा जिल्ला खुदुनावारी गाविस – १ साधुटारमा सुरक्षा कारवाहीका क्रममा हत्या गरेको थियो । सहादतको समयमा प्रधान किराँत स्वायत्त जिल्ला जनसरकारमा सैन्य विभाग प्रमुख थिए । कोशी प्रदेश सरकारले उक्त कंकाललाई सहिद तुलसी…
संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौंः प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाताकाठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन साेमबारदेखी शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने बन्दसत्र भने क्वालिटि ब्यांक्वेट बुद्धनगरमा हुने संगठनले जनाएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको पनि उनले मुक्तकण्ठले प्रशंसा गरे । शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख…
अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनायोः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनाएकाे बताएका छन् । माओवादीनिकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अदालतकाे फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको र यही फेसलाले आफुहरुलाई एक हुन प्रेरित गरेकेा बताउँदै छिटै माओवादी घटकहरु एकै ठाउँमा आउने बताए । अदालतकाे फैसलाका कारण विस्तृत शान्ति सम्झौता भन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीमाथि नै केही होला कि भन्ने तरङ्ग र चिन्ता पैदा भएकाे भए पनि आफु बिल्कुल चिन्तित नभएकाे बताए । फैसलाले आफुहरुलाइ सहयोग गरेकाे र विभाजित माओवादीहरुलाई एकै ठाउँमा आउँ भन्ने आदेश दिए जस्तो आँफुले बुझेकाे उनले बताए…
पौडेलले दिए पार्टी र सांसदबाट राजीनामा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा दिएका छन् । आइतबार उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन् । राष्ट्रपति पदमा गत बिहीबार फागुन २५ गते निर्वाचित भएसँगै प्रतिनिधि सभा सदस्यको पद स्वतः रिक्त हुने सम्बन्धी जानकारी उनले गराएका हुन्। ‘यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा म निर्वाचित भएको विदितै छ। नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने भएकोले सो व्योहोरा जानकारी गराउँदछु,’ उनको राजीनामा पत्रमा लेखिएको छ। उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। यस्तै आइतबार नै उनले नेपाली कांग्रेसबाट पनि राजीनामा दिएका थिए ।…
पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । पद्मोदय माध्यमिक विद्यालय, काठमाडौंको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने–‘शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ ।’ शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्ष समेत भएको प्रधानमन्त्रीको भनाई थियो । देशको जनशक्तिले राष्ट्रियस्तरमा मात्रै नभएर विश्वबजारको प्रतिस्पर्धामा अग्रता हासिल गर्न राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिनुपर्ने प्रधानमन्त्री…

