पौडेलले दिए पार्टी र सांसदबाट राजीनामा

निकासखबर संवाददाता

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा दिएका छन् । आइतबार उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन् ।

राष्ट्रपति पदमा गत बिहीबार फागुन २५ गते निर्वाचित भएसँगै प्रतिनिधि सभा सदस्यको पद स्वतः रिक्त हुने सम्बन्धी जानकारी उनले गराएका हुन्।

‘यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा म निर्वाचित भएको विदितै छ। नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने भएकोले सो व्योहोरा जानकारी गराउँदछु,’ उनको राजीनामा पत्रमा लेखिएको छ। उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

यस्तै आइतबार नै उनले नेपाली कांग्रेसबाट पनि राजीनामा दिएका थिए । सोमबार दिउँसो १ बजे उनले राष्‍ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गर्दैछन्।

मा प्रकाशित