
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनाएकाे बताएका छन् । माओवादीनिकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अदालतकाे फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको र यही फेसलाले आफुहरुलाई एक हुन प्रेरित गरेकेा बताउँदै छिटै माओवादी घटकहरु एकै ठाउँमा आउने बताए । अदालतकाे फैसलाका कारण विस्तृत शान्ति सम्झौता भन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीमाथि नै केही होला कि भन्ने तरङ्ग र चिन्ता पैदा भएकाे भए पनि आफु बिल्कुल चिन्तित नभएकाे बताए ।
फैसलाले आफुहरुलाइ सहयोग गरेकाे र विभाजित माओवादीहरुलाई एकै ठाउँमा आउँ भन्ने आदेश दिए जस्तो आँफुले बुझेकाे उनले बताए ।अदालतकाे फैसलाले माओवादीहरुलाई एकैठाउँमा ल्याउँन मद्दत गरेकाे बताउँदै उनले अदालतले छिटो भन्दा छिटो ऐन अगाडि बढाउ भन्ने आदेश दिए जस्ताे आफुले बुझेकाे बताए ।
माओवादीहरु पनि केही समय विभिन्न भँगालोमा विभाजित भएपनि अब एकीकृत गर्ने समय आएको बताउँदै अध्यक्ष प्रचण्डले अबकाे समय माओवादी नेतृत्वहरुले गम्भिर भएर बुझ्न जरुरी रहेकाे बताए ।

