प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छः प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका हुन्। “प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ। यसको समाधानमा हामीले विलम्ब गर्नु हुँदैन” प्रधानमन्त्रीले भने, “कर्मचारी प्रशासन र जनअपेक्षाबिच ठूलो खाडल छ। बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्नेगरि आयोग गठनको तयारी गरिएको छ। केही समयभित्रै आयोग बन्छ। त्यसको नेतृत्व प्रधानमन्त्रीले नै गर्नेगरि…

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका  छन् ।  नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए । उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना…

‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला
आर्थिक परिवेश संवाददाता

काठमाडौैं । बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० विधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेदि चैत ११ गतेसम्म फारम खुल्ला रहनेछ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ । अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका…

अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइन्छः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइने बताएका छन् । नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लामो समयदेखि रोकिएको संघीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको जानकारी गराउउँदै उनले यस्तो बताएका हुन् । उता नेपाल प्रहरीमा ३० वर्षको सेवा अवधिको प्रावधान हटाउन चलखेल भइरहेको समाचार बाहिरिएको छ । यता प्रधानमन्त्रीले तत्काल ऐन र नियमहरु संशोधन र तर्जुमा गर्ने बताउनुलाई बाघ कराउने र बाख्रा हराउने अवस्थासँग दाँजेर हेर्न थालिएको छ । नेपाल प्रहरीको सेवाअवधि सम्बन्धमा यसअघि नै सर्वोच्च अदालतले ‘आवश्यकता परेमा…

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
आर्थिक परिवेश संवाददाता

पाल्पा । मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुग्छन् थापा । पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन् । गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उहाँकै नेतृत्वमा देखाइन्छ । “युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्”, थापाले भने, “केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।” मारुनी गाउने र नाच्ने भनेपछि उहाँ औधी खुसी हुनुहुन्छ । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि…