विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण
आर्थिक परिवेश संवाददाता

ढल्केबर ।  केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नु पर्दछ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो । अधिकांश युवा वैदेशिक रोजगारमा जाने गरेको र कतिपय व्यक्तिहरूले स्वदेशमै विभिन्न व्यवसायमा संलग्न भएसँगै परिवारको आर्थिक स्थितिमा सुधार आउँदा पक्की घरको निर्माण गर्ने, भान्छामा एलपी ग्यास वा विद्युतीय चुलोको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । एलपी ग्यास प्रयोग गर्न सजिलो भए पनि कहिलेकाहीँ खोजेको बेला…

ह्वात्तै बढे सर्लाहीमा सर्पदंशका बिरामी
आर्थिक परिवेश संवाददाता

सर्लाही  । सर्लाहीमा केही दिनदेखि सर्पदंशका बिरामी ह्वात्तै बढ्न थालेका छन् । प्रादेशिक अस्पताल मलङ्गवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको हो। मलङ्गवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठरनौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन् । प्रादेशिक अस्पताल मलङ्वाका प्रमुख डा। नवलकिशोर झाले गर्मी बढेपछि सर्पदंशका बिरामी बढ्न थालेका बताए । गर्मी बढ्न थालेपछि विषालु सर्प अत्यधिक देखा पर्ने गरेका छन् । नवलपुर सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले करेत, गोमन, हरियोलगायत विषालु सर्पले टोकेर उपचार गर्न आउने बिरामी दिनहुँ बढिरहेका बताए । सर्पले डस्ने बित्तिकै ल्याइएका बिरामीलाई…

बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए । “बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल…

राजनीतिमा कायम सिन्डिकेटका विरुद्धराष्ट्रवादी शक्तिहरु एक हुन पर्छः कमल थापा
आर्थिक परिवेश संवाददाता

नेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेटको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले भने –‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छू। उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प…

मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना
आर्थिक परिवेश संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो । कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न समेत बै्रकले आव्हान गरेको छ । यस योजना अन्तर्गत २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए । यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक…