पहिचान सिहतको प्रदेश नामाकरण हुनुपर्ने मागसहित भएको आन्दोलनका घाइते लिम्बूको निधन
आर्थिक परिवेश संवाददाता

विराटनगर । कोशी प्रदेशको नामकरणविरुद्ध गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो । आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए । मोरङको लालभित्ती घर भएका उनी धरान १५ मा बस्दै आएका थिए । टाउकोको देब्रे पट्टी ब्रेनमा खुन जमेपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भनेका थिए । तर, बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने…

नेपाल लाइफकाे सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमाकम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  आजमिति २०७९ साल चैत्र ०९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुखकार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरेका थिए । आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दै एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले नेपाललाइफ सुनौलोभविष्यजीवनबीमा…

इटालीसँग व्यापारघाटा कम गर्न प्रभावकारी आर्थिक कूटनीति जरुरी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । युरोपेली मुलुक इटालीसँग नेपालको व्यापारघाटा कम गर्दै नेपाली वस्तुको निकासी बढाउन आर्थिक कुटनीति बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा इटालीको दूतावास नभएको र इटालीमा पनि नेपाली दूतावास नभएकाले द्विपक्षीय व्यापारमा नेपालले अपेक्षित लाभ लिन नसकेको उनीहरुको भनाइ छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार हाल इटालीसँग नेपालको वार्षिक २ अर्ब ५६ करोड ६४ लाख बराबरको व्यापारघाटा रहेको छ । नेपाल इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारत, चीन लगायतका देशसँगको तुलनामा इटालीसँगको व्यापारघाटा अनुपात कम भए पनि यसमा सन्तुष्ट हुन नसकिने धारणा राखे…

पुरानो संसद् भवन नभत्काउन निर्देशन
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो । नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए । उनले भने, “विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ । पुर्खाको इतिहास मास्न हुँदैन । भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ ।” निर्माणाधीन सङ्घीय संसद्मा सङ्घीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढङ्गको हुनुपर्ने सभापति शर्माले बताए । बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव…

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ
आर्थिक परिवेश संवाददाता

विराटनगर । कोशी प्रदेशका मोरङ र झापा जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साह, धरान-१६ का २१ बर्षीय मोहन श्रेष्ठ, तेह्रथुमकाकाे लालिगुराँस नगरपालिका-७ २८ बर्षीय राजेन्द्र भण्डारी, जाझापाकाे कमल गाउँपालिका-७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागो र भारतिय नागरीक ३४ बर्षीय ताहिर हुसेन रहेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट विराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साहलाई ब्राउनसुगर सहित…