आत्मनिर्भर अर्थतन्त्रकाे विकासमा जाेड दिनुपर्छ: मन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । बिहीवार नेपाल—इटली उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे । उनले अर्थतन्त्रको गतिलाई अघि बढाउन तथा समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै…

मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
आर्थिक परिवेश संवाददाता

तनहुँ । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ । तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर ग्ुड्ने सडकको पहुँचबाट टाढै छ । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । सुत्केरी वा विरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका–४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताउँछन् । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक÷दुई घण्टा पैदल हिँड्नुपर्छ । “गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र बिरामी…

हामी सबैको एउटै पार्टी देश र जनताको सेवा गर्नु हो : मन्त्री मोदी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “तपाईहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो” उनले भने । मन्त्री मोदीले आफूले सबैलाई न्यायको आँखाले हेर्ने समेत बताए । उनले भने, “मेरा लागि सबै बराबर हो, कसैप्रति मेरो आग्रह र पूर्वाग्रह रहँदैन, सबैलाई म न्यायको आँखाले…

बजार अनुगमन गर्नुस्, राजश्व छलि रोक्ने कदम चाल्नुस् : प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । छलफलको क्रममा प्रधानमन्त्रीले भने, “राजश्व छलि नियन्त्रणसम्बन्धि जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस्।” “अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस्” प्रधानमन्त्रीले भने, “कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा…

आगामी वर्ष बैंक कति दिन बन्द हुन्छ ? सूचिसहित
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति विभागले २०८० सालमा हुने बैंक विदाको सुची सार्वजनिक गरेको हो । जसअनुसार बैंकले शनिवार बाहेक ३५ दिन विदा कायम गरेको छ । नेपाल सरकारले २०८० सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो । राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने…