लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

निकासखबर संवाददाता

विराटनगर । कोशी प्रदेशका मोरङ र झापा जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साह, धरान-१६ का २१ बर्षीय मोहन श्रेष्ठ, तेह्रथुमकाकाे लालिगुराँस नगरपालिका-७ २८ बर्षीय राजेन्द्र भण्डारी, जाझापाकाे कमल गाउँपालिका-७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागो र भारतिय नागरीक ३४ बर्षीय ताहिर हुसेन रहेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट विराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साहलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

प्रहरीले को ८ प ७६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २.६८ ग्राम लागुऔषध ब्राउनसगुर बरामद गरेकाे थियाे । यसैगरी धरान-१६ का २१ बर्षीय मोहन श्रेष्ठ र लालिगुराँस नगरपालिका-७ तेह्रथुमका २८ बर्षीय राजेन्द्र भण्डारीलाई समेत बिराटनगर-१५ बाट १.५० ग्राम लागुऔषध ब्राउनसगुर सहित सोही टोलीले बुधवार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

यसैगरी कोठा भाडामा लिई लागुऔषध बेचबिखन भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागोलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

फागोको साथबाट प्रहरीले २३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ बर्षीय ताहिर हुसेनलाई ४ ग्राम ब्राउनसुगर सहित मेचीपुलबाट बुधवार पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-४ बाट प्रहरीले ठुलो परीणाममा गाँजा बरामद भएको छ । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले GJ.01HQ2461 नम्बरको भारतिय स्कारपियो गाडीमा लुकाई छिपाई ल्याउदै गरेको गाँजा बरामद गरेको हो ।

धरान-४ को सडकको साईडमा रोकी रहेको उक्त गाडीमा चेकजाच गर्ने क्रममा ३०० केजी गाँजा बरामद भएको थियो । गाडीबाट गाँजा बरामद भएसंगै नियन्त्रणमा लिएको तथा चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

मा प्रकाशित