वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  कृषि विकास बैंक द्धारा रोल्पाको गंगादेवमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न् गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा कृषिविकास बैकले ग्लोवल मनी विक चैत्र ६ गते देखि १२ गते सम्म सप्ताहव्यापी रुपमा मनाएका हो । यस कार्यक्रम अन्र्तगत बैंकले विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थी, स्थानीय युवा क्लव तथा महिला समुह, किसान तथा उद्यमीहरुलाई लक्षित गरेर  सञ्चालन गरि रहेको छ । प्रत्येक प्रदेश कार्यालयहरुमा ग्लोवल मनी विक कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप बैकले कार्यक्रमको शुरुको दिन रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तिय सेवामा विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरु, युवा तथा…

वर्षाैँदेखि हराएका प्रहरी कर्मचारी खाेज्दै प्रहरी प्रधान कार्यालय
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  एक वर्षभन्दा बढी समयदेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयको कानून शाखाले दश जना प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । उनीहरु लामो समयावधिदेखि कार्यक्षेत्रमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको भन्दै सूचनामा सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ । पञ्हरी पञ्धान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ साल फागुन १० गतेदेखि सम्पर्कमा नआएको प्रहरी हेडक्वाटरले जनाएको छ । त्यस्तै, प्रहरी जवान दिपु…

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गर्याे आन्दाेलनकाे घाेषणा
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।   कोशी प्रदेशको नामकरण खारेजीमा माग राख्दै आएको ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आन्दोलन बढाउँदै जाने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको मृत्यु भएपछि समितिले आन्दोलनका कार्यक्रम बढाउने निणर्य गरेको हो । समितिका अनुसार कोशी नाम खारेजीको आन्दोलनमा प्रहरीको कुटाइबाट लिम्बूको मृत्यु भएको विरुद्धमा आज विभिन्न विरोधका कार्यक्रम हुनेछन् । आजै साँझ ५ देखि ६ बजेसम्म विरोध सभा र शनिबार १ देखि २ बजेसम्म चक्का जाम गर्ने समितिले जनाएको छ । आफूहरुको माग पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलनका…

वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनमा मन्त्री शर्माद्वारा शोक व्यक्त
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनमा व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् । मन्त्री शर्मा देश बाहिर रहेकाले उहाँको तर्फबाट सन्चार बिज्ञ नरेन्द्र केसीले आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेकी हुन् । ताम्राकारको ८७ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको थियो । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक ताम्राकार नेपाली सन्चार क्षेत्रको एउटा युग भएको उल्लेख गर्दै मन्त्री शर्माले उनको स्वर र योगदानलाई नेपाली जनताले युगयुग सम्म सम्झिरहने बताएकी छन् ।

नेपाल विश्वविद्यालयले उच्च शिक्षामा नयाँ आयाम थप्ने विज्ञहरुको दाबी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्व विद्यालय महत्वपूर्ण हुने बताएका छन् । बिहिबार शिक्षा पत्रकार समुहले काठमाडौंमा गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले हाल उच्च शिक्षामा देखिएका विभिन्न समस्या सामाधानका लागि नेपाल विश्वविद्यालय स्थापना फलदायी हुने विश्वाश गरेका हुन् । कार्यक्रममा नेपालमा उच्च शिक्षाको जग नै लुलो भएकाले जग बलियो बनाउँदै विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि नेपाल विश्व विद्यालय महत्वपूर्ण हुने नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले बताए । अहिलेको शिक्षा प्रणालीले निश्चित विषयको मात्र ज्ञान दिने भएकाले प्रस्तावित नेपाल विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि…