वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

निकासखबर संवाददाता

काठमाडौं ।  कृषि विकास बैंक द्धारा रोल्पाको गंगादेवमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न् गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा कृषिविकास बैकले ग्लोवल मनी विक चैत्र ६ गते देखि १२ गते सम्म सप्ताहव्यापी रुपमा मनाएका हो ।

यस कार्यक्रम अन्र्तगत बैंकले विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थी, स्थानीय युवा क्लव तथा महिला समुह, किसान तथा उद्यमीहरुलाई लक्षित गरेर  सञ्चालन गरि रहेको छ । प्रत्येक प्रदेश कार्यालयहरुमा ग्लोवल मनी विक कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप बैकले कार्यक्रमको शुरुको दिन रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तिय सेवामा विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरु, युवा तथा महिला समुह, किसानहरुलाई वित्तिय साक्षरता सम्वन्धी ज्ञान दिने तथा वित्तिय पहुँच वढाउने उदेश्यका साथ प्रदेश कार्यालय दांग अन्र्तगत रहेको शाखा कार्यालय रोल्पाको आयोजनामा गंगादेव गाउँपालिका वडा नं ३ मनिमारेमा सम्पन्न भएको बैकले जनाएको छ ।

कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहेका बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले वित्तिय साक्षरताको वारेमा जानकारी गराउनका अलावा उक्त कार्यक्रममा वित्तिय साक्षरताको आवश्यकता एवं नेपालको आर्थिक तथा वित्तिय प्रणालीको वारेमा समेत प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रकाश पारेका थिए ।

सो अवसरमा उनले बैंक केहो ? बैंकले के काम गर्दछ ? कसरी वचत गर्ने ? वचत गर्दा के फाईदा हुन्छ ? बैंक खाताका प्रकारहरु कतिवटा हुन्छ ? कसरी उद्यम शिलता विकास गर्ने ? कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु केके हुन ? किन कृषि विकास बैंकवाट कारोवार गर्ने लगायत किसानहरुको सेवामा सधै तल्लीन कृषि विकास बैंकको विविध पक्षहरुको वारेमा प्रकाश पारेका थिए ।

यसैगरी उक्त वित्तिय साक्षरता कार्यक्रममा सोही गाउँपालिकाका प्रमुख हरि बहादुर पुनले आफ्नो गाउँपालिकामा अधिकांश जनताले खेती किसान गर्ने भएकोले उक्त ठाउँमा कृषि विकास बैंकको शाखा विस्तारको अनुरोध गर्दै बैंकले शाखा विस्तार गरेमा हर तरहले सहयोग गर्ने तथा बैंकको शाखा विस्तार भएमा यस क्षेत्रका जनता लाभान्वित हुने र बैंकलाई समेत फाईदा हुने वताएका थिए ।

मा प्रकाशित