वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनमा मन्त्री शर्माद्वारा शोक व्यक्त

निकासखबर संवाददाता

काठमाडौं । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनमा व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् । मन्त्री शर्मा देश बाहिर रहेकाले उहाँको तर्फबाट सन्चार बिज्ञ नरेन्द्र केसीले आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

ताम्राकारको ८७ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको थियो । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक ताम्राकार नेपाली सन्चार क्षेत्रको एउटा युग भएको उल्लेख गर्दै मन्त्री शर्माले उनको स्वर र योगदानलाई नेपाली जनताले युगयुग सम्म सम्झिरहने बताएकी छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित