इतिहास धान्दै पहिचान बन्दै धनकुटे बिस्कुट
आर्थिक परिवेश संवाददाता

धनकुटा । पूर्वाञ्चलकै सबैतिर पिरचत स्थान हाे धनकुटा । त्यसमा पनि धनकुटा पुर्वाञ्चलकाे केन्द्र । प्राय सबैतिरका मान्छेहरू धनकुटा जाने काम परि नै रहन्थ्याे । धनकुटाबाट फर्कदा हरेकले झाेलामा त्यहाँ उत्पादन भएकाे बिस्कुट ल्याउने चलन त्याे समय देखि छ जहिले देखि धनकुटा पूर्वाञ्चलकाे केन्द्र भयाे । धनकुटा पुग्ने हरेकले धनकुटाबाट फर्कदा हातमा धनकुटे नरिवल बिस्कुट कासेली लिएर नफर्किए घरगाउँमा रहनेले बिस्कुट किन नल्याएकाे भनेर साेध्ने गरेकाे कुरा पनि सुन्नमा पाइन्छ  । धनकुटा–४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले २०११ सालबाट उत्पादन सुरु गरेको धनकुटे नरीवल बिस्कुट अहिले धनकुटाको पहिचाननै बनेको छ । धनकुटामा मात्र नभइ धनकुटा भन्दा बाहिरी जिल्लामा समेत यो बिस्कुट…

बागमतीमा जम्कट्टेलले पाए विश्वासको मत
आर्थिक परिवेश संवाददाता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमा भएको भोटिङमा ९१ मत पाउँदै जम्कट्टेलले विश्वासको मत पाएका हुन् । कुल ९१ सांसद उपस्थित रहेकामा १७ सांसदले भने उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । त्यस्तै ७ सांसद तटस्थ बसेका थिए । बागमतीमा ११० सदस्यीय प्रदेशसभा छ ।

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका हुन् । अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेका छन् । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ । ‘साढे २ लाखदेखि ३ लाख…

३० औं प्रहरी महानिरीक्षक बसन्त कुँवर
आर्थिक परिवेश संवाददाता

काठमाडौ‌ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भए ।चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । एआईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा थिए । वरिष्ठ उपरीक्षकबाट…

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र
आर्थिक परिवेश संवाददाता

बाग्लुङ, १० चैत, २०७९ । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन । निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन् । अस्पताल निर्माणका लागि विसं २०७७ असार २० गते ज्ञान ज्योति÷कुँवर आयोजना जेभीले १३ करोड लागतमा निर्माणको…