धनकुटा । पूर्वाञ्चलकै सबैतिर पिरचत स्थान हाे धनकुटा । त्यसमा पनि धनकुटा पुर्वाञ्चलकाे केन्द्र । प्राय सबैतिरका मान्छेहरू धनकुटा जाने काम परि नै रहन्थ्याे ।
धनकुटाबाट फर्कदा हरेकले झाेलामा त्यहाँ उत्पादन भएकाे बिस्कुट ल्याउने चलन त्याे समय देखि छ जहिले देखि धनकुटा पूर्वाञ्चलकाे केन्द्र भयाे । धनकुटा पुग्ने हरेकले धनकुटाबाट फर्कदा हातमा धनकुटे नरिवल बिस्कुट कासेली लिएर नफर्किए घरगाउँमा रहनेले बिस्कुट किन नल्याएकाे भनेर साेध्ने गरेकाे कुरा पनि सुन्नमा पाइन्छ । धनकुटा–४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले २०११ सालबाट उत्पादन सुरु गरेको धनकुटे नरीवल बिस्कुट अहिले धनकुटाको पहिचाननै बनेको छ ।

धनकुटामा मात्र नभइ धनकुटा भन्दा बाहिरी जिल्लामा समेत यो बिस्कुट निक्कै लोकप्रिय रहेकाे छ । धनकुटा आउने तथा धनकुटावाट बाहिर जाने ब्याक्तिहरुले यो बिस्कुट कोशेलीको रुपमा लैजाने गरेको छन् । यहाँ उत्पादन भएकाे बिस्कुट बिदेश सम्म कोशेलीका रुपमा पुग्ने गरेको छ । यहाँ उत्पादन भएकाे बिस्कुट पूर्वाञ्चलका सबै जिल्लामा त पूग्ने नै भयाे पूर्वाञ्चलका १६ जिल्ला मात्रै नभएर धनकुटे बिस्कुट नेपालभरबाट धनकुटा पूग्ने हरेकले यहाँ उत्पादन भएकाे बिस्कुट काेसेली कै रूपमा लिएर फर्कने गरेका छन् ।
धनकुटा सदरमुकाममा पूग्ने सरकारी कर्मचारी देखी लिएर धनकुटा घुम्न अाउने र धनकुटामा हरने हरेक कार्यक्रममा सहभागी हुन अाउनेहरूले झाेलामा बिस्कुट नबाेकेकाे बिरलै पाइन्छ । बाटाेमा खाजा तथा घरगाउँम रहनेहरूलाइ काेसेलीका रूपमा पनि बिस्कुट अनिवार्य बाेक्ने गरेकाे धनकुटाबाट फर्रकने हरू बताउँछन् ।

स्थानीयस्तरमै उत्पादीत दूध, घिउ र मैदा प्रयोगबाट बन्ने बिस्कुट काँचो इँटा, माटो र चीमबाट निर्मित भट्टीमा पोलेर तयार गरिन्छ । उद्योगमा निर्मित बिस्कुट भन्दा यो बिस्कुट धेरै स्वादिलो हुने गरेको छ । धनकुटामा रहेका बिस्कुट उद्योगले नरिवल बिस्कुट, खास्ता, कुकिज, फुल केक, पिस केक, कोको विस्कुट, स्लाइस रोटी, कुकिज, डुनट र पाउरोटीलगायत बेकरी आइटम उत्पादन गर्दै गरेका छन् । धनकुटामा रहेका बिस्कुट उद्याेगका उत्पादन खासगरी धनकुटा सहित छिमेकी जिल्ला सम्म पुग्ने गरेको छ । यसको लोकप्रियता बढे संगै धनकुटामा धेरै बिस्कुट उद्योग थपिएका छन् ।

धनकुटे नरीवल बिस्कुटको ईतिहास निक्कै लामो छ । २००८ सालमा देब्रेबासमा चिया दोकान गर्ने विश्वेश्वरमानले ग्राहकको मागका आधारमा माथिल्लो कोप्चेबाट भारतीय विस्कुट ल्याएर बेच्ने गरेकाे तर, दोकानमा चिया पिउन आउने केही नियमित ग्राहकको सल्लाहमा उनले आफै विस्कुट बनाउने अभ्यास सुरु गरेका थिए । अन्तत उनले २०११ सालवाट नरीवल सहितको बिस्कुट उत्पादन सुरु गरे । २०३० सालमा तत्कालिन जिल्ला पञ्चायत कार्यलयमा उद्योगनै दर्ता गरि उत्पादन सुरु गरियो । आज त्यहि बिस्कुट धनकुटाको पहिचान बनेको छ ।

धनकुटा पुग्ने जोकाहि खाजा खान होस वा कासेली लैजान धनकुटे नरीवल बिस्कुट प्रयोग गर्ने गरेका छन् । आफ्ना बुवाले सुरु गरेको पेसालाइ निरन्तरता दिइरहेको उनका छोरा मोहन शंखर श्रेष्ठ बताउँछन् । बुवाले उत्पादन सुरु गरेको बिस्कुट अहिले निकै लोकप्रिय रहेकेा र यसकाे ब्राण्ड बनाउनु बुवाको ठुलो योगदान रहेकाले पेसालाइ निरन्तरता दिएकाे उनी बताउँछन् ।

यही बिस्कुटको सिको गदै पछिल्लो समय धनकुटामा अन्य धेरै उद्योग खुल्ने क्रम बढी रहेकाे छ । हाल धनकुटा नगरक्षेत्रमा मात्र १५ उद्योग दर्ता भइ सञ्चालनमा रहेका छन् । जहा बार्षिक एक करोड भन्दा बढिको बिस्कुट उत्पादन हुदा एक सय भन्दा बढि ब्याक्तिले प्रतक्ष रुपमा राजगार पाएको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाले जनाएकाे छ । यस बाहेक जिल्लाकै अन्य क्षेत्रमा समेत एक दर्जनको हाराहारीमा यस्ता उद्योग सञ्चालनमा रहेका कार्यालयकाे तथ्गाङ्कमा उल्लेख रहेकाे छ ।

अहिले धनकुटामा धनकुटे नरिवल बिस्कुटको लोकप्रियताकै कारण माग धान्न निकै गाह्रो हुने गरेको छ । बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा उद्योगले मागअनुसार उत्पादन र बजार विस्तार गर्न नसकेको ओम बिस्कुट उद्योगका सञ्चालक टिका कट्वाल बताउछन् । युवाहरु कामको खोजीमा वैदशिक रोजगारमा जान थालेपछि कामदार युवा पाउन गाह्रो भएको उनको भनाई छ ।
जिल्लामा बिस्कुट उद्याेगहरू बढ्दै गए पनि पछिल्लो समय यो बिस्कुटलाइ बजारको माग धान्न निकै कठिन भएकाे छ । पछिल्लाे समय उद्याेगहरू बढे सँगै याे बिस्कुट छिमेकी जिल्लाहरूका बजारमै पनि पाइन थालेकाे छ । तर यी उद्याेगमा कामदार अभाव र उत्पादन कम भएकै कारण बजार माग धान्न नसकिएकाे उत्पादकहरू बताउँछन् ।

