नेपाल लाइफकाे सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

निकासखबर संवाददाता

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमाकम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  आजमिति २०७९ साल चैत्र ०९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो ।

कम्पनीका नायव प्रमुखकार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरेका थिए । आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दै एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले नेपाललाइफ सुनौलोभविष्यजीवनबीमा योजना सार्वजनिक गरेको उनले बताए  ।

सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सार्वाधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमा शुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुने छ । यो योजनाको न्यूनतम बीमाङ्क रकम पच्चिस हजाररूपैयाँ तथा अधिकतम बीमाङ्क रकम आय श्रोतको आधारमा निर्धारण गर्न सकिने बीमा कम्पनीले जनाएकाे छ ।

यो योजनाले न्युन बीमा शुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमा लेख अवधिभर बचत गर्न प्रोत्साहन गर्दछ । यस योजनाले तपाईंको अवकाश पछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जस मध्य आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सकैने बताइएकाे छ ।

विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्ति माबीमाङ्क रकम + आर्जित बोनश, एकमुष्ट दिइने छ भने विकल्प २अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमा लेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि  प्रत्येक वर्ष  बीमाङ्कको ५% रकमबीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिन्छ । साथै बीमित ८० वर्ष पुरा भएपछि बीमाशुल्कभुक्तानीअवधि सम्मआर्जित बोनस बीमितलाई प्रदान गरिने बताइएकाे छ ।

बीमा लेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमाविकल्प १अन्तर्गत बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ ।

विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमाबीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने  तर भुक्तानीअवधि समाप्ति पछि मृत्यु भएमा बीमाङ्कको ५०% रकम + बीमा शुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइने बताइएकाे छ ।

विकल्प १ र विकल्प २ दृुबैमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिने जनाइएकाे छ ।  वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात सर्मपण मुल्यको ९०% ऋणप्राप्तगर्न सकिनेछ । दुर्घटना मृत्यु लाभ सुविधा, बीमाशुल्क छुट तथापूर्णअशक्तता सुविधा, घातक रोग सुविधा जस्ता ऐच्छिक सुविधाहरु समेत उपलब्ध रहेको छ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए ।  यस योजनालाई मुर्त रुप प्रदानगर्न सहयोग गर्नुहुने नियामक निकाय नेपाल बीमा प्राधिकरण, तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई ज्ञापन गरे ।

उनले यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह समेत गरे  । आम ग्राहकहरुको आजको आवस्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको कुरा बताए । यस योजनाको सफलताको शुभकामना समेत जाहेर गरे ।  कार्यक्रममा यस योजना संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले गरेका थिए  ।

“किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवनबीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोड भन्दा बढी रहेको कम्पनीले जनाएकाे छ ।

कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका जनाइएकाे छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइ रहेको बताएकाे छ । यसका साथ साथै कम्पनीले हाल सम्म  १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको जनाएकाे छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटाबीमा योजना अन्तर्गत ३१,१५,४२० बीमा लेख जारी गरेकाे बताएकाे छ  । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समय सापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित