Uncategorized

प्रमाणित गर म एक मिनेट पनि पदमा बस्दिनँः मन्त्री किराती
निकासखबर संवाददाता

काठमाडौं । पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई वैधता दिएको भनेर गरिएको प्रचार झुटो भएको मन्त्री सुदन किराँतीले दाबी गरेका छन् । उनले यसलाई प्रमाणित गर्न चुनौती दिँदै आरोप सही सावित भए एक मिनेट पनि पतमा नबस्ने प्रष्ट पारेका छन् । आइतबार प्रकाशित एक अखबारले पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई मन्त्री सुदन किराँतीले वैधता दिएको समाचार प्रकाशित गरेपछि उनले त्यसबारे मुख खोल्दै यस्तो बताएका हुन् । आफूले ‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको’ मन्त्री किराँतीको भनाइ छ । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । प्रमाणित गर…

खडेरी र फौजी किरोको प्रकोपले मकै बालीमा क्षति
निकासखबर संवाददाता

म्याग्दी ।  समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किरोको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्तामा छन् । विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन् । जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किरोको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए । जिल्लाको लेकदेखि बेँसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै…

भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको छः मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको बताएकी छन । प्रेस सेन्टर नेपालको १९औँ केन्द्रीय साधारणसभा तथा २१औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा काठमाडौंको शंखरापुरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले यस्तो भ्रष्टाचारविरुद्ध वर्तमान सरकार कृतसंकल्पित भएको बताएकी हुन् । उनले भनिन्, ‘जब विकृति र विसंगतिविरुद्ध लड्न खोज्दै छौं । जसरी यसविरुद्ध लड्ने मोर्चामा छौं । यो बेला चौतर्फी घेराबन्दी भईरहेको छ । भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् ।’ मन्त्री शर्माले राजनीति र पत्रकारिता एक आपसको परिपुरक भएकाले पत्रकारहरुलाई राम्रो कामको प्रचार र नराम्रो कामको खबरदारी गर्न आग्रह गरिन् ।

नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीतिमा एमालेको लागेकाे आराेप
निकासखबर संवाददाता

काठमाडाैं । नेपाली कांग्रसका सांसद रामहरी खतिवडाले नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीतिमा एमालेको लागेकाे बताएका छन् । संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरागर्दै उनले यस्ताे बताएका हुन् । एमालेको अवरोधले नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम पनि प्रभावित भएकाे छ । नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीति एमालेको भएको आशंका ब्यक्त गर्दै आज नभए भोलि पास हुने खतिवडाकाे भनाइ छ । नीति तथा कार्यक्रम फेल नहुने उनले बताए । गत ५ जेठमा संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने तयारी थियो । तर संसदको सुरूमै प्रमुख…

महालेखाको प्रतिवेदनमै उठेको थियो पशुपतिको जलहरीबाट सुन हराएको विषय
निकासखबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयले विवाद भएसँगै बैठक अवरोध भएको छ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको ठाउँमा पित्तल राखेको आरोप लगाएका थिए । आरोप लगाएको दिन नेकपा (एमाले)का सांसद्हरुले नियमापत्ति भने गरेका थिएनन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको जवाफ दिने कार्यक्रम थियो । शुक्रबार नै प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पास गर्ने सूची थियो । प्रतिनिधिसभाको बैठक समयमा सुरु भएन भने एमाले सांसद्को विरोधको कारण स्थगित समेत भएको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने काम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री…