Uncategorized
चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छः मन्त्री शर्मा
निकासखबर संवाददाताभैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताएकी छन् । चलचित्र क्षेत्रलाई आवश्यकता भन्दा विलासिताको रुपमा हेर्ने दृष्टिकोणका कारण यसको विकास हुन नसकेको पनि उनले बताइन् । भैरहवामा आजदेखि सुरु भएको जीवनीमा आधारित चलचित्र निर्माणसम्बन्धी कार्यशाला उद्घाटन गर्दै उनले चलचित्रलाई देश निर्माण र समाज रुपान्तरणको आधारको रुपमा लिनुपर्ने बताउँदै अरु माध्यमबाट दिन नसकिने शिक्षा र सन्देश चलचित्रबाट सजिलै दिन सकिने भएकाले पनि यसलाई समाज रुपान्तरणको माध्यमको रुपमा लिनुपर्नेमा मन्त्री शर्माको जोड थियो । इतिहास तथा कुनै कालखण्डसँग जोडिएका मुुख्य व्यक्तित्वसँग नजिक रहेर चलचित्र लेखन, निर्माण र प्रदर्शनका लागि दक्ष स्रोत व्यक्ति र प्रशिक्षकद्वारा…
अपराधिक गतिविधि नियन्त्रण र बिपदको पूर्व तयारी गर्न मन्त्री श्रेष्ठको निर्देशन
निकासखबर संवाददाताकाभ्रे । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बिपदको पूर्व तयारी र अपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् । आज काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालको टिमसहित मन्त्री श्रेष्ठले सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न, नदिजन्य पदार्थको चोरी निकासी रोक्नको लागि प्रभावकारी कदम चाल्न निर्देशन दिए । काभ्रे कारागारका कैदि बन्दीहरुको दैनिकी जीवन, राज्यले दिएको सुविधा सहित अतिरिक्त आवश्यकताका बारेमा समेत जानकारी लिएका थिए । अनुगमनका क्रममा मन्त्री…
इतिहास धान्दै पहिचान बन्दै धनकुटे बिस्कुट
निकासखबर संवाददाताधनकुटा । पूर्वाञ्चलकै सबैतिर पिरचत स्थान हाे धनकुटा । त्यसमा पनि धनकुटा पुर्वाञ्चलकाे केन्द्र । प्राय सबैतिरका मान्छेहरू धनकुटा जाने काम परि नै रहन्थ्याे । धनकुटाबाट फर्कदा हरेकले झाेलामा त्यहाँ उत्पादन भएकाे बिस्कुट ल्याउने चलन त्याे समय देखि छ जहिले देखि धनकुटा पूर्वाञ्चलकाे केन्द्र भयाे । धनकुटा पुग्ने हरेकले धनकुटाबाट फर्कदा हातमा धनकुटे नरिवल बिस्कुट कासेली लिएर नफर्किए घरगाउँमा रहनेले बिस्कुट किन नल्याएकाे भनेर साेध्ने गरेकाे कुरा पनि सुन्नमा पाइन्छ । धनकुटा–४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले २०११ सालबाट उत्पादन सुरु गरेको धनकुटे नरीवल बिस्कुट अहिले धनकुटाको पहिचाननै बनेको छ । धनकुटामा मात्र नभइ धनकुटा भन्दा बाहिरी जिल्लामा समेत यो बिस्कुट…
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता
निकासखबर संवाददाताकाठमाडौं । चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए । “बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल…
स्थानीय तह निर्वाचनमा महिला कार्यकारी पदमा नेतृत्व खोज्दै
निकासखबर संवाददाताविराटनगर । प्रदेश १ का राजनीतिक दलका महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने वतावरण बनाउन पार्टीलाई आग्रह गरेका छन् । हरेक पालिकाको एउटा वडालाई नमुना वडाको रुपमा विकास गरि महिला मात्र उम्मेदवार बनाउने काममा पार्टीले भुमिका खेल्नु पर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्ना र नजिकका ब्यक्तिलाई मात्र टिकट दिने र महिलासँधै हार्ने क्षेत्रमा मात्र पर्ने भएकोले सबै दलहरुले हरेक पालिकाको एउटा वडालाई नमुना बनाई वडामा अध्यक्षदेखि सबै पदहरुमा महिलालाई मात्र उठाउने वतावरण बनाउन आग्रह गरेका हुन् । दलको भातृ संगठनको रुपमा रहेका महिला संघहरुमा आबद्ध भएका महिला नेतृहरुले महिला संघहरु मार्फत पनि दवाव…

