Uncategorized
नोबेलमा ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति
निकासखबर संवाददाताविराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ । उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो । दुर्घटनाजन्य चोटपटक लागेका र शल्यक्रिया गरिएका जटिल बिरामीलाई ट्रमा र सर्जिकल आइसीयूमा राखेर उपचार गर्ने गरिन्छ । ट्रमा र सर्जिकल आइसीयूलाई विस्तार र थप व्यवस्थित गरेर १५ बेड पुर्याइएको नायब अस्पताल निर्देशक डा.मुक्ति आचार्यले जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार थप बेड विस्तार गरिनेछ । जटिल अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको आइसीयू कक्ष छुट्याइएको छ । एनेस्थेसिया विभागको अगुवाइमा सञ्चालन हुने यो आइसीयूमा…
तनहुँ १ खनाल र वाग्ले पनि मतदान गर्नबाट वञ्चित
निकासखबर संवाददातातनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको मतदान जारी छ । तर, मुख्य प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले नै आफूलाई मतदान गर्न नपाउने भएका छन् । तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न नपाउने भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने बताइएको छ । गत २०७९ मंसिर ४ को निर्वाचनमा विजयी कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।
आजदेखि २०८० वर्ष सुरु, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
निकासखबर संवाददाताकाठमाडाैं । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने। सूर्य…
खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु
निकासखबर संवाददाताकाठमाडाैं । देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विस्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ । गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विस्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए । चार दशक…
बाँझो जमिनमा फलफूल खेती
निकासखबर संवाददाताढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो । चालु आर्थिक वर्षमा वडा नं ४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए…

