Uncategorized

लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्नः मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन वापत मिडियाले पाउने रकम नरोकिने बताएकी छन् । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने प्रतिवद्धता जनाएकी हुन् । ‘अहिले रकम कटौती गरेको भन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थमन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौं, अर्थबाट रकम आउने छ, यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने छ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनशाय छैन’– उनले भनिन् । मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा…

सत्तासाझेदार दलको बैठक सम्पन्न
निकासखबर संवाददाता

काठमाडाै‌ । सत्तारुढ दलको बैठक सिंहदरवारमा बसेकाे बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलसँग सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बाेलाएकाे बैठक सम्पन्न भएकाे हाे ।   बैठकमा  आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएकाे प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकारले जेठ ५ गते नीति तथा  कार्यक्रम ल्याउने तयारी गरेको छ।   बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, जनमतका सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल समाजवादी पार्टीका बाबुरामा भट्टराई…

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ
निकासखबर संवाददाता

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् । उनलाई खोटाङवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ७५ वर्षीय राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए । राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ । उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो । शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धाान थालेको छ ।…

विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिए
निकासखबर संवाददाता

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्माएकी छन् । सप्तरीको कल्याणपुरकी दुखनीदेवी भगत चौधरीले छातीदेखि पेटसम्मको शरीरको भाग सँगै गाँसिएका जुम्ल्याहा छोरी जन्माएकी हुन् । उनीहरूको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने बेग्ला बेग्लै छ । ३।४ किलोग्राम तौल भएका दुबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा।रविनराज सिंहले जनाएका छन् । कोशी अस्पतालमा पहिलो पटक यस्तो बच्चा जन्मिएको हो । चिकित्सकहरूका अनुसार यो दुर्लभ घटना हो । ५० देखि ६० हजारमध्ये १ जनामा यस्तो समस्या देखिन्छ । यस्ता शिशुको बाँच्नसक्ने क्षमता ५ देखि २५ प्रतिशत मात्र हुने चिकित्सकहरूको भनाई छ ।…

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म
रामकुमार एलन

हेटौँडा । यसै साता आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो ।  सरकारले २०७३ देखि पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएको छ । गोरखापत्र प्रकाशन आरम्भ भएको दिन अर्थात वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइरहँदा त्यही गोरखापत्रको मानकअनुसार हाम्रो पत्रकारिता सार्थक मोडमा जाँदैछ कि स्वार्थको घुम्तीमा दुर्घटना कुरिररहेको छ ? विवेचना गर्ने बेला पनि भएको छ । पत्रकारिताको यति लामो यात्रामा विभिन्न आर्थिक, सामाजिक र राजनीतिक उतारचढावसँगै प्रविधिमा आएको परिवर्तनले अकल्पनीय फड्को मारेको छ । पत्रकारिताको विकास स्थानीय तहमा युट्युब टेलिभिजन र अनलाइन सञ्चार गृह सञ्चालनमा पुगेको छ । विगतमा पत्रकारिता ग्रामीण बस्तीबाट भित्तेपत्रिका हुँदै केन्द्रमा पुग्थ्यो । पत्रकारितामा…