यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

निकासखबर संवाददाता

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् । उनलाई खोटाङवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ७५ वर्षीय राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए । राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ । उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धाान थालेको छ । राईलाई शुक्रबार नै अदालत उपस्थित गराएर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित