विविध खबर

मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै
निकासखबर संवाददाता

काठमाडौं । एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताए । प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेको र आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए । त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी…

उदयपुरमा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिताको आयोजना
निकासखबर संवाददाता

काठमाडौं ।उदयपुर जिल्लाको बेलाका नगरपालिकामा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  “स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान“ भन्ने मुल नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो । जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत्र २१ गते देखि खेल संचालन हुने जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष शम्भु पौडेलले जानकारी दिए  ।  खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा दुई बिभागीय टोली एपीएफ र आर्मी सहित सबै प्रदेश बाट खेलाडीहरुको सहभागीता रहने उहाले बताए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टोलीलाइ क्रमश १ लाख, ५० हजार र २५ नगद सहित मेडल, प्रमाण…

कोरोना अपडेट, आज थप २३ जनामा कोेरोना पुष्टि
निकासखबर संवाददाता

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै १ हजार ६२ एन्टीजेन परिक्षणका क्रममा भने कसैको पनि कोरोना पुष्टि नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ६६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ८ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

अपराजित रहँदै नेपाल फाइनलमा
निकासखबर संवाददाता

काठमाडौं ।  त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दा नेपाल उपाधि नजिक पुगेको हो । नेपालको जितसँगै पपुवा न्यु गिनी (पिएनजी) नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ । सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले पावर प्लेमा विकेट गुमाए पनि मध्यक्रमका दीपेन्द्रको उत्कृष्ट ब्याटिङले टोलीले सफलता निकाल्न सफल भएको बताए । नेपालले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा…

शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा शिक्षामन्त्रीको निरीक्षण
निकासखबर संवाददाता

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । शनिबार ललितपुरस्थित नमुना मछिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदनस्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेका हुन् । उनले शनिबार सञ्चालन भएको प्राथमिक तहको परीक्षा निरीक्षण गदै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन समेत दिएका थिए । परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गरेका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा माध्यमिक तह परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले…