उदयपुरमा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिताको आयोजना

निकासखबर संवाददाता

काठमाडौं ।उदयपुर जिल्लाको बेलाका नगरपालिकामा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  “स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान“ भन्ने मुल नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो ।

जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत्र २१ गते देखि खेल संचालन हुने जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष शम्भु पौडेलले जानकारी दिए  ।  खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा दुई बिभागीय टोली एपीएफ र आर्मी सहित सबै प्रदेश बाट खेलाडीहरुको सहभागीता रहने उहाले बताए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टोलीलाइ क्रमश १ लाख, ५० हजार र २५ नगद सहित मेडल, प्रमाण पत्र तथा ट्रफीले सम्मन गरिने छ । प्रतियोगीता चार दिन सम्म संचालन हुने र अनुमानित १५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

मा प्रकाशित