स्वास्थ्य खबर

पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने
निकासखबर संवाददाता

जाजरकोट ।  बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाले वडा नम्बर १, २ र ३ बाट कामको सुरुआत गरेको उहाँको भनाइ छ । यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुुरीमा चालु आर्थिक वर्षभित्र खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ । यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । कुल रू दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ लागतमा योजना…

क्यान्सर सङ्क्रमितलाई उपभार खर्च अभाव
निकासखबर संवाददाता

झापा । झापाको गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उनले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उनकी पत्नी कुलोमाया ताजपुरियाले बताइन्। जाँच गर्ने आर्थिक अभावकै कारण उनको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन । बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न नसकेको बताउँदै उनले उपचारमा आर्थिक सहयोगको अपिल गरिन् । आफ्नो ऋणमाथि ऋण रहेको र…

ताप्लेजुङकाे फक्ताङलुङमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर
निकासखबर संवाददाता

ताप्लेजुङ। विश्वप्रसिद्ध पुरस्कार ग्रहण गरेपछि आफ्नै गाउँमा पुगेर वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले शल्यक्रियासहितको आँखा शिविर सुरु गरेका छन् । शनिबार आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला आँखा शिविर सुरु गरेका हुन् । उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्ने छ। यस अभियानका एक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका छन्। यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका थिए।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण
निकासखबर संवाददाता

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ।  नेपालमा पहिलो पटक एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई वटा मिर्गौला र एउटा कलेजो गरी तीन वटा अङ्ग प्रत्यारोपण गरिएको हो । भक्तपुरको एक अस्तपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको केन्द्रमा शल्यक्रिया गरेर मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रमा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा मस्तिष्क मृत्यु भएका व्यक्तिको फागुन १६ गते रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिराहाको सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण तथा ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको…

कुकुर नियन्त्रण गर्न निःशुल्क बन्ध्याकरण शिविर
निकासखबर संवाददाता

बागलुङ । छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंको आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रणसँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको पशुविज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । शिविरमा घरपालुवा तथा छाडा दुवै कुकुरको बन्ध्याकरण गरिएको छ । घरपालुवा कुकुर घरमालिकले शिविरसम्म ल्याएका थिए । छाडा कुकुर स्थानीय तह पशु शाखामा कार्यरत…