स्वास्थ्य खबर

डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौ, १६ भदौ २०८० ।नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म २१ हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले संक्रमण दैनिकरूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । सुनसरीमा मात्र ११ हजार बिरामी सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा…

उपत्यकाका फार्मेसी अनुगमन, १० फार्मेसी सिल
निकासखबर संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार ७७ वटै जिल्लामा औषधि पसल तथा फार्मेसीहरुमा अनुगमन गरेको छ। स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको सहकार्यमा फार्मेसीहरुको अनुगमन तथा निरीक्षण कार्य भएको हो । सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १०१ वटा फार्मेसीमा अनुगमन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २० वटा समूह बनाएर गरिएको अनुगमनका क्रममा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरिएको छ। यस्तै, २ दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था…

२ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ
निकासखबर संवाददाताललितपुर । २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याल रहेका छन् । उनीहरुले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोप छ । पक्राउ परेका अस्पतालमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु रहेका छन् । उनीहरुलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हाे। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा…

सांसद सुनिल शर्माको शिविरबाट दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार
निकासखबर संवाददातादैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच इसीजी, १०७ जनाको इको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । बुधबार आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार…

स्वास्थ्यमन्त्री बस्नेतले गरे वीर अस्पतालको आकस्मिक निरीक्षण
निकासखबर संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र विरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए । वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ । मन्त्री…