स्वास्थ्य खबर

भ्रममा नपर्न नोबेल मेडिकल कलेजको आग्रह
निकासखबर संवाददाता

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी गरेको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको जनाएको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कलोकल्पित र भ्रामक कुरा उल्लेख गरी बिभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको दावी गरेको छ । ‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरी घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह…

जनस्वास्थ्य प्रयोगशालामा डेङ्गु परीक्षण निःशुल्क
निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको हो । लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । प्रयोगशालामा यसअघि कोरोनाभाइरस संक्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । विदेशबाट आएका, लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताए । तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन्…

भारतमा थपिए चार हजार ३६२ जना कोरोना सङ्क्रमित
निकासखबर संवाददाता

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ सङ्क्रमित भएका हुन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९४८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.१२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा आठ हजार ५५ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

उपचारको क्रममा ज्यान गुमाएकी राउत शव दुई दिनपछि परिवारले जिम्मा लिए
निकासखबर संवाददाता

उदयपुर । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । मृतकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् । पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म…

कुकुरको टोकाइबाट घाईते महिलाको मृत्यु
निकासखबर संवाददाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त गाउँमा त्रास फैलिएको छ । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए । एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको…