स्वास्थ्य खबर

७ महिना देखि ग्यारेजमै थन्कीयो एम्बुलेन्स, सर्वसाधरण हेलीकप्टर चार्टर गर्न वाध्य
निकासखबर संवाददाताओखलढुंगा । ओखलढुंगाको एउटा एम्वुलेन्स ७ महिना देखी ग्यारेजमा थन्किएको पाइएको छ । ओखलढुंगा सेवा समाज कतारले संस्थाको नेपाल शाखालाइ प्रदान गरिएको एम्बसलेन्स काठमाडौंको एक ग्यारेजमा थन्किएको पाइएको हो । सेवा समाजले २०७४ साल माघमा ओखलढुंगा सेवा समाज नेपाललाई हस्तान्तरण गरेको स. १ं च १४५३ नम्बरको एम्बुलेन्स काठमाडौंको जोरपाटी नयाँवस्ती स्थित साजन अटो केयरमा थन्किएको पाईएको हो । कतारमा वैदेशिक रोजगारको क्रममा रहेका ओखलढुंगाका युवाहरुबाट संकलन गरिएको ९ लाख ६७ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको थियो । ओखलढुंगा सेवा समाज कतारका पुर्व अध्यक्ष अशोक तामाङले एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सम्भव भएमा जिल्लाका ८ वटै पालिकालाई एम्बुलेन्स सहयोग गर्ने…

काठमाडौंभरि निःशुल्क एम्बुलेन्स दिने महानगर प्रमुख बालेनको घोषणा
निकासखबर संवाददाताकाठमाडौं । महानगर प्रमुख बालेन शाहले काठमाडौं नगरवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् । शाहले लेखेका छन् ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
निकासखबर संवाददाताकाठमाडौं । सन् २०२२ को ग्लोबल क्यान्सरको तथ्यांक अनुसार विश्वमा २३ लाख महिला स्तन क्यान्सरबाट प्रभावित रहेको पाइयो । नेपालमा यसको संख्या एक हजार ९७३ छ । नेपालमा देखिएको क्यान्सरको प्रवृत्तिको आधारमा स्तन क्यान्सर तेस्रो नम्बरमा पर्छ । कतिपयलाई स्तन क्यान्सर महिलामा मात्र हुन्छ भन्ने भ्रम पनि छ तर यो क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि हुने गरेको छ । स्तन क्यान्सर हुनुको प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन जस्तै: मोटोपना, मद्यपान तथा धुम्रपान, अस्वस्थकर खानपान, चिल्लो बोसोयुक्त खाना र बच्चालाई स्तनपान नगराउनु आदि हुन् । कसरी पहिचान गर्ने स्तन क्यान्सर ? स्तन क्यान्सर भएको खण्डमा केही लक्षणले पत्ता लगाउन सकिन्छ…

विराट नर्सिङमा काटिएको हात जोडियो
निकासखबर संवाददाताविराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् । १७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर हात काट्ने अवस्थाबाट जोगाउन सफल भएका हुन् । यसरी काटिएको…

देशभर थपिए ७६ जना काेराेना संक्रमित
निकासखबर संवाददाताकाठमाडौं। पछिल्लो समय दैनिक काेराेना संक्रमण बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा नेपालमा ७६ जना कोरोना संक्रमण भए सँगै हाल देशभर एक सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । देशभर भएकाे एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । याे संख्या पछिल्लाे समय सबैभन्दा बढी हाे । आज थपिएका सँगै संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् । Facebook Notice for EU! You need to login to view and post FB…