स्वास्थ्य खबर

माेरङमा सुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु
निकासखबर संवाददाता

माेरङ । सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राखेका छन्। कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी मूल्यमान्यता र व्यवहार रुपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले उक्त विचार राखेका हुन् । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एवम् स्वास्थ्य कार्यालयका चिकित्सहरुलाई सुरक्षित गर्भपतन सम्बन्धमा पालिकास्तरमा रहेका हेल्थ पोष्टका स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्भतन सम्बन्धमा प्रशिक्षण दिई उनीहरुमार्फत नागरिकमा जनचेतना फैलाउनु कार्यक्रमले उद्देश्य लिएको छ । गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गराउने, विशेष अवस्थामा चिकित्सकको सल्लाहमा २८ हप्तासम्मको गर्भपतन गराउने विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला…

हिमाली जिल्ला मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति
निकासखबर संवाददाता

मुगु । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानिय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको बिशेष सहयोगमा उक्त शिबिरहरु आयोजना गरिएको हो । उक्त दुईवटा आँखा शिविर मार्फत १ हजार १ सय १८ जना बिरामीहरुको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविर मार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरु समेत लाभान्वित भएका छन् ।…

सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
निकासखबर संवाददाता

सुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए  । यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२,…

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
निकासखबर संवाददाता

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।…

आहा ! रोग लाग्नै नदिने स्वास्थ्य शिक्षाको पढाई सुरु गराउदै प्राबिधिक विश्विद्यालय
निकासखबर संवाददाता

विराटनगर । रोग लागेर जिवभरि कमाएको धनरासी खर्र्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । कोसी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो । विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्याल गर्दै दक्ष जनशक्त्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा सुभाषश्री पोखरेलले बताए । नेपालमै प्राकृतिक…