स्वास्थ्य खबर

मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
निकासखबर संवाददाता

तनहुँ । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ । तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर ग्ुड्ने सडकको पहुँचबाट टाढै छ । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । सुत्केरी वा विरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका–४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताउँछन् । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक÷दुई घण्टा पैदल हिँड्नुपर्छ । “गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र बिरामी…

स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वास्थ्य हुन्छन्ः प्रदेश सदस्य सुरेश श्रेष्ठ
सन्जिब दुलाल

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताएका छन् । नेपाल स्वास्थ्य कर्मी युनियनको चौथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्र नागरिक स्वास्थ्य हुने बताएका हुन् । नेपालमा स्वास्थ्य कर्मी आफै आफ्नो हक हितका लागि लड्नु पर्ने बाध्यता रहेको छ, सङ्घ प्रदेश र स्थानीय तहको संरचनाको मारमा स्वास्थ्यकर्मी पनि परेका छन् । अहिलेको अवस्थामा स्वास्थ्य कर्मी आफै खुम्चनु पर्‍यो भने आम नागरिकको अवस्था के हुने यसको विषयमा सोच्नु पर्ने अवस्था आएको बताए । हाल सम्म पनि सङ्घीयता कार्यान्वयनको अवस्थामा नपुगेको बताउँदै उनले यसको मार…

चितवनबासीले ‘गिरिजाबाबु’लाई गर्ने स्मरण
नारायण अधिकारी

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेताका रुपमा समेत स्मरण गर्दछ । वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ । तर चितवनबासीका लागि भने उहाँलाई सम्झिनेरहने अन्य कारण पयिन छन् । उनकै नेतृत्वमा…

स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्न सकेन
निकासखबर संवाददाता

काठमाडौं । दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो । आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए । चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ । प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सय बढीले बीमा गरेका छन् । हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार…

हात्तीपाइलेविरुद्धको औषधी खुवाउने म्याद थप
निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ । फागुन २५ गतेसम्म औषधी खुवाउने समयसिमा रहेकामा मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो । कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन भइरहेको छ।