परदेश

चितवनमा खिचिएको याे तस्वीर विश्वकै उत्कृष्ट
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । हात्तीले शरीरको झिंगा धपाउन बालुवा छर्किँदै गरेको एक तस्वीर विश्वको उत्कृष्ट तस्वीर बनेको छ । पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको उक्त तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको हो यो सँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेको छ । विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड (२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।…

दक्षिण सुडान आक्रमणमा ५२ जनाको मृत्यु
निकासखबर संवाददाता

एजेन्सी, १६ माघ । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको मृत्यु भएको छ । जसमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्य समेत रहेका छन् । अन्य ६४ जना घाइते भएको समाचार छ । सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ । दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा…

सिरियामाथि इजरायलको आक्रमण
निकासखबर संवाददाता

इजरायलले सिरियाको राजधानी दमास्कस र एलेप्पो सहरका विमानस्थललाई निशाना बनाएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’का अनुसार एयरपोर्टको अवतरण क्षेत्रमा मिसाइलबाट क्षति पुगेको छ जसका कारण यो अब सेवामा छैन । स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरु गरेको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ।इरानका विदेशमन्त्रीको सिरिया भ्रमणको एक दिनअघि इजरायलले यो हमला गरेको हो । सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन् । इरानले लामो समयदेखि हमासलाई समर्थन गर्दै आएको छ । इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूलाई निशाना बनाउँदै आएको…

अमेरिकी राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
निकासखबर संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने भएका छन् । वाइडेनले विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताए । गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन…

अब ट्वीटरमा अडियो र भिडियो कल गर्न सकिने
निकासखबर संवाददाता

एलन मस्‍कले ट्वीटर (एक्स) मा अडियो र भिडियो कल गर्न मिल्ने सुविधा थप्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । ट्वीटरका प्रमुख मस्कले ट्वीटरमा लेख्दै फोन नम्बर नै आवश्यक नपर्ने गरी यस्तो सुविधा प्राप्त हुने जनाएका छन् । जुन विशेषता विशेष रहेको समेत उनले जनाएका छन् । ट्वीटरलाई परिवर्तन गरेर एक्सका रुपमा यसमा काम गरिरहँदा मस्कले नयाँ नयाँ सुविधाहरू पनि थप्दै लगिरहेका छन्। टेक्स्ड बेस्ट सामाजिक सञ्जालका रुपमा चिनिएको माध्यमलाई व्यापक बनाउँदै मस्कले अडियो भिडियो कल गर्न मिल्ने अवस्थासम्म लग्न लागेका हुन्। त्यसका लागि आवश्यक तयारी र परीक्षणहरू भइसकेको छ । ट्वीटर डीएम फिडको दाहिनेतिर माथिल्लो भागमा दिइने कल संकेतमा…