परदेश

इराकमा ३०० जनाभन्दा बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी
काठमाडौं, १२ भदौ २०८० ।सन २०१६ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा इराकले तीन जनलाई मृत्युदण्डको सजाय दिएको छ । बगदादमा भएको सो बक विस्फोटमा ३ सयभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटना सन २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछिको सबैभन्दा घातक विस्फोट थियो । इस्लामिक स्टेट (आईएस) ले सो घटनाको जिम्मेवारी लिएको थियो । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम भने खुलाएको छैन । कार्यालयले पीडित परिवारलाई बम आक्रमणमा संलग्नलाई उचित कारवाही गरिएको जनाएको छ । समाचार एजेन्सी एएफपीका अनुसार मृत्युदण्ड दिइएका मध्येमा घटनाका मुख्य योजनाकार मानिएका गजवान अल जवाई पनि रहेका छन । उनीलाई सन २०२१ मा…

भारतीय प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
निकासखबर संवाददातानयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी ९बिजेपी०को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन् । विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहो¥याएका छन् । केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन्…

उकालो लाग्दै दक्षिण कोरियाको उत्पादक मूल्य
निकासखबर संवाददाताकाठमाडाैं । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) एक महिना अघिको मार्चमा ०.१ प्रतिशतले बढेको थियो भने फेब्रुअरीमा ०.२ प्रतिशत र जनवरीमा ०.४ प्रतिशतले बढेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ । कोभिड–१९ महामारी विरूद्ध बिभिन्न किसमका नियन्त्रणात्मक उपायहरू अपनाइएका कारणले गर्दा भोजनालय र आवास सेवाका क्षेत्रका उच्च मूल्यमा आपूर्तिकर्ताहरू बीचको सेवा मूल्य गत महिना ०.१ प्रतिशतले बढेको बैङ्कले जनाएको छ । यसैगरी महङ्गा खालका रासायनिक उत्पादनहरूमा औद्योगिक उत्पादनहरूको मूल्य ०.२ प्रतिशतले…

आदिवासी जनजाति र थारु समुदायको विषयमा संयुक्त राष्ट्र स्थायी मञ्चमा मन्त्री मोदीले गरे सम्बोधन
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री मोदीले नेपालका आदिवासी जनजाति र थारु समुदायको समस्या, हक अधिकार लगायतका विषयमा महत्वपूर्ण सम्बोधन गरेका हुन् । लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशिल संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गरे । आफू सम्बद्ध पार्टी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको बताउँदै उनले भने, “प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन…

कतारमा मनाए नेपालीले नयाँ वर्ष
निकासखबर संवाददातादोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँवर्ष मनाएका छन । कतार एयरवेज गु्रपमा कार्यरत नेपालीहरुले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष मनाएका हुन । जागरुक युवा समाज नेपालले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम गरेको थियो । रोजगारीका क्रममा नेपालबाट गएका नेपालीहरु सहभागि कार्यक्रममा नयाँ बर्षले नयाँ उमंग थप्ने विश्वास लिर्दै उनीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । जागरुक युवा समाज नेपालका संरक्षक रविन्द्र प्रसाद पोखरेल र समाजका अध्यक्ष यादव प्रसाद चौलागाईले संयुक्त रुपमा क्यालेण्डको बिमोचन गरेका थिए । रोजगारीको सिलसिलामा दोहामा ९ बर्षदेखि कार्यरत हेटौंडा…