परदेश

सैनिक कारबाहीमा चार जना विद्रोहीकाे मृत्यु
निकासखबर संवाददाता

  काठमाडौं । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् । कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी ९एनपीए० का सदस्य भएको आशङ्का गरिएको छ । सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ । सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका…

युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड
निकासखबर संवाददाता

काठमाडौं । चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष पूरा भएको सन्दर्भमा सङ्कटको राजनीतिक समाधान खोज्न युक्रेन र रुसलाई आह्वान पनि गरेको छ । दुवै देशले अविलम्ब शान्ति वार्तामा बस्नुपर्नेमा जोड दिँदै बेइजिङले आणविक हतियारको प्रयोग नगर्न दुवै पक्षलाई सचेत गराएको छ । युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो १२ बुँदे धारणा सार्वजनिक गर्दै चीनले शान्ति वार्तामा जोड दिएको हो । अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक…

दक्षिण कोरियामा वायु सेनाको लडाकु विमान दुर्घटना ,३ जना चालकको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको विमान दुर्घटनामा एक चालक घाईते भएका छन् ।दक्षिण कोरियाको के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४ सय ४० किलोमिटर दक्षिणपूर्वको साचियोनको धान खेतमा दुर्घटना भएको हो । तेज हावाका कारण विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । यसैबीच विमान दुर्घटनामा मृत्यु हुनेहरुको एक समारोहका बीच अन्त्येष्टि गरिएको छ । Facebook Notice for EU! You need to login to view and post FB Comments!

बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलायो
निकासखबर संवाददाता

काठमाडौं । भारतको असममा एक ५ वर्षका बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलाइदिएको छ ।  असमको रोहमोरिया पुलिस चौकी अन्तर्गत ढोलजान चिया बगानमा ५ वर्षका एक बालकको कथित रुपमा हत्या भएको घटनाले आक्रोशित बगानका स्थानीयले आरोपीलाई जिउँदै जलाइदिएका हुन् । डिब्रुगढ सहरबाट करिब २५ किलोमिटर टाढा रहेको ढोलजान चिया बगानमा भएको यो घटना शनिबारको हो । डिब्रुगढ जिल्लाका पुलिस अधीक्षक श्वेतांक मिश्राले घटनाको पुष्टि गर्दै पुलिसले घटनास्थलमा पुगेर पूरै घटनाको जाँच सुरु गरेको बताएका छन् । घटनाको बारेमा प्राप्त जानकारी अनुसार ५ वर्षका बालक उज्जवल मुरा अन्य बालबालिकाहरुको साथमा शनिबार आरोपी सुनिल तांतीको घर परिसरमा खेलिरहेका थिए । यही बीच…

भासेलकिभको हवाई आधार ध्वस्त
निकासखबर संवाददाता

किभ। रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् । रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ। अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ। रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण…