परदेश

बढ्यो गर्मी, भारतमा ६ जनाको मृत्यु
एजेन्सी, १६ जेठ, २०८१ ।

भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । गर्मीका कारण चार हजार जनाभन्दा बढी बिरामी भएका छन् । त्यहाँको तापक्रम यतिबेला ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेको बीबीसीले जनाएको छ । भारतको दिल्ली, राजस्थान, पञ्जाब, हरियाना, उत्तर प्रदेश लगायतका ठाउँको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको थियो । त्यस क्षेत्रमा उच्च गर्मीका कारण मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।…

पहिरोमा परी १५ जनाको मृत्यु
निकासखबर संवाददाता

एजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले…

रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं, १ चैत । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ । सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । यससँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको…

नाभाल्नीको शव उनकी आमालाई दिइयो
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमालाई दिइएको छ । उनको १६ फेब्रुअरीमा आर्कटिक सर्कलको जेलमा मृत्यु भएको थियो । उनको अन्तिम संस्कार हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव दिइएको दाबी गरिएको छ । यसअघि शव माग गर्दै आमा ल्युदमिया नाभाल्नीको मृत्यु भएको जेल अगाडि उभिएकी थिइन् । नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा उनकी आमा ल्युदमियाले हस्ताक्षर गरेपछि मात्र शव जिम्मा लगाइएको हो । नाभाल्नीका प्रवक्ताले भनेका छन् गोप्य…

चितवनमा खिचिएको याे तस्वीर विश्वकै उत्कृष्ट
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । हात्तीले शरीरको झिंगा धपाउन बालुवा छर्किँदै गरेको एक तस्वीर विश्वको उत्कृष्ट तस्वीर बनेको छ । पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको उक्त तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको हो यो सँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेको छ । विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड (२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।…