खबर
भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छः मन्त्री मोदी
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरु रहेको र आफुले सबैलाई भनेको बताउँदै उनले भ्रष्टाचारको गन्ध मात्रै आएको खण्डमा पनि कारबाही गर्ने चेतावनी दिएका ह्रन् । भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको भन्दै उनले भ्रष्टचारको गन्ध मात्रै आउनेगरी काम देखिए कारबाही गर्ने उनको भनाइ छ । मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीहरुबाट त्यसको कार्यान्वयन हुनुपर्ने बताए ।…
रास्वपामा भ्रष्टलाई कुनै स्थान छैनः रवि लामिछाने
निकासखबर संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा भ्रष्टहरुका लागि कुनै स्थान नरहेको दाबी गरेका छन् । काठमाडौंको माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टहरुलाई कुनैपनि स्थान नदिने र अन्य पार्टीले पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे । उनले भने, ‘भ्रष्टहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि स्थान छैन् । अन्य राजनीतिक दलहरुले पनि यही गरुन् भन्ने चाहान्छु ।’ शनिबार बिहानैदेखि स्वतस्फूर्त रुपमा सहभागी भएकाहरुले भ्रष्टाचारी विरुद्ध चर्का नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डेलगायत सहभागि थिए ।
‘प्रचण्ड कमरेड तुरुन्त क्यान्टोनमेन्टको छानबिन गर्नुस्’ – वाइसीएल अध्यक्ष शेर्पाली
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले लडाकु शिविर (क्यान्टोनमेन्ट)को छानबिन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग माग गरेका छन् । वाइसीएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरुले पछिल्लो चरण सरकारले सुरु गरेका भ्रष्टचार विरोधी अभियानमा एक्यवद्धता जनाउँदै बानेश्वरमा गरेको सभामा सम्बोधन गर्दै अध्यक्ष शेर्पालीले गणतन्त्र प्राप्ति आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरुलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठुला नेताहरूलाई कानुनको कठघरामा उभ्याउदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले…
मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी
निकासखबर संवाददाताखोटाङ। खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक मदन राईविरुद्ध यौन दुर्व्यहारको आरोपमा एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन्। उक्त फाउन्डेसनमा बसेर बाहिरि सकेकी किशोरीले उनी विरुद्ध जाहेरी दिएकी हुन । १६ वर्षीया किशोरीले राईविरुद्ध शुक्रबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए । आरोपी राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्नो गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउनेलगायत आरोप लगाएकी छन्। मदनले…
भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाको माग
निकासखबर संवाददाताकाठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’ पार्टीले छानबिनमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन…