मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी

निकासखबर संवाददाता

खोटाङ। खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक मदन राईविरुद्ध यौन दुर्व्यहारको आरोपमा एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन्। उक्त फाउन्डेसनमा बसेर बाहिरि सकेकी किशोरीले उनी विरुद्ध जाहेरी दिएकी हुन ।

१६ वर्षीया किशोरीले राईविरुद्ध शुक्रबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए । आरोपी राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्नो गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउनेलगायत आरोप लगाएकी छन्।

मदनले स्कुलको सहमति लिएर नौ वर्षअघि उक्त फाउन्डेसन खोलेका हुन् । जहाँ विद्यार्थीलाई होस्टेल बनाएर राखिएको छ।

मा प्रकाशित