खबर

नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धान प्रतिवेदन तयार,आज सरकारी वकिललाई बुझाइने
निकासखबर संवाददाता

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो। यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ…

प्रभावकारी अन्तर सरकारी समन्वयका लागि मन्त्री मोदीले थाले अन्तक्र्रिया
निकासखबर संवाददाता

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी अन्तर सरकारी समन्वय प्रभावकारी बनाउन सक्रिय रुपमा लागेका छन् । संघीयताको सबलीकरण र प्रभावकारी कार्यान्वयनका सन्दर्भमा विभिन्न प्रदेशका स्थानीय तहमा पुगेर अन्तक्र्रिया गरिसकेका मन्त्री मोदीले त्यसैको निरन्तरतामा प्रभावकारी अन्तर सरकारी समन्वय सम्बन्धमा पनि अन्तक्र्रिया थालेका छन् । मन्त्री मोदीले सातै प्रदेशका सचिव एवं प्रदेश कार्यक्रम निर्देशक, प्रदेश तथा स्थानीय शासन कार्यक्रमसँग सरोकार भएका संघीय मन्त्रालयका विषयगत समिति हेर्ने सहसचिवहरु, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग र राष्ट्रिय योजना आयोगका सहसचिव, महालेखा नियन्त्रण कार्यालयका सहायक नियन्त्रक, संयुक्त वैदेशिक सहयोग नियोगका अध्यक्ष एवं प्रतिनिधि र अन्तर सरकारी समन्वयका विज्ञहरुसँग छलफल थालेका…

उपप्रधानमन्त्री श्रेष्ठ र एमसिसी उपाध्यक्षबीच सिंहदरबारमा भेट
निकासखबर संवाददाता

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणको क्रममा रहेका एमसिसी उपाध्यक्ष बु्रक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा बु्रक्सले एमसिसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायको आवश्यक सहयोग हुने बताए । उपप्रधानमन्त्री श्रेष्ठले एमसिसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक…

नीति तथा कार्यक्रमको पूर्णपाठ
निकासखबर संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ यस प्रकार छ– प्रतिनिधि सभाका सम्माननीय सभामुख¸ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष¸ सङ्घीनयसंसद्‌का माननीय सदस्यहरू¸ १.सङ्घीीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रापतिको हैसियतले सम्मानित सङ्घीिय संसद्को दुवै सदनको संयुक्त बैठकलाई पहिलो पटक सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। यस अवसरमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासको विभिन्नन कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका बलिदानीपूर्ण सङ्घीर्षमा आफ्नो अमूल्य…

धनगढीमा एक डाक्टर मृत फेला
निकासखबर संवाददाता

धनगढी। धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन्। उनी आफ्नो घरमा मृत भेटिएकी हुन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको बताए। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।