खबर

भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन
निकासखबर संवाददाता

पोखरा । ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नो विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताको परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षको यात्रा तय गरेर गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेको बताउँछिन् । ‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ । रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दुस्ख व्यहोर्नुपरेन । गाह्रो त कति भयो भयो, भनिसाध्य छैन । आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला…

स्थानीय तह निर्वाचनमा युवा उम्मेदवार
निकासखबर संवाददाता

म्याग्दी।  म्याग्दीका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् । राजनीतिक वृत्तमा भाबी उम्मेदवारको चर्चासमेत सुरु भएको छ । प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन् । उनीहरुले जनसम्पर्क विस्तार, सङ्गठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् । यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्तासमेत छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा…

नारी दिवस, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’
निकासखबर संवाददाता

काठमाडौँ। आज मार्च ८ गते विश्वभर नै नारी दिवस मनाइँदैछ । यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । नारी दिवस सन् १९१० मा क्लारा जेट्किनले सुरु गरेकी थिइन् । राजनीतिक तवरबाट शुरू भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानतालगायतका सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेको छ । विश्वभरका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै नारी दिवस मनाउने गरेका छन् । विभिन्न संघ(संस्था र कम्पनीहरुले पनि यस दिन विविध कार्यक्रमको आयोजना गर्ने गर्दछन्। साथै धेरै जसो क्षेत्रमा आज काम गर्ने महिलाहरुलाई बिदा दिने चलन छ।…

यातायात भाडा समायोजन गर्न माग
निकासखबर संवाददाता

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी यातायात भाडा समायोजन गर्न माग गरेको । सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएको जनाउँदै भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो…

सातदोबाटो झापा गोल्ड कपको सेमिफाइनलमा
निकासखबर संवाददाता

झापा । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए ।  तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए । खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् ।…