खबर

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश
निकासखबर संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । क्षेत्री सहित एमालेका जिल्ला कमिटीका आधादर्जन बढी कार्याकर्ता कांग्रेसमा प्रबेश गरेका हुन् । क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएको कांग्रेस नेता प्रेमध्वज लामाले जानकारी दिए । सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतका नेताहरु उपस्थित रहेकोथिए ।

८ मार्च : २० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन
निकासखबर संवाददाता

महोत्तरी । २० वर्षअगाडिको कहालीलाग्दो दृश्य सम्झँदा मरणीदेवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणीदेवीको मानसपटलमा नाचिरहन्छ । उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणीदेवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु । बिरामी बच्चालाई झाँक्रीले बोक्सीु लागेको बताएपछि बालकका बाबुआमाले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत…

एमालेमा प्रबेश गर्ने भए रंगेलीका नगरप्रमुख, माओवादी केन्द्रले गर्यो कारबाही
निकासखबर संवाददाता

विराटनगर । औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया (अग्रवाल)लाई माओवादी केन्द्रले कारबाही गरेको छ । माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । ‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारी समेत रहेका अग्रवाल आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ ९२० बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी…

महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयनः शुभद्रा आले
निकासखबर संवाददाता

काठमाडौँ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्को अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ । विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुन न कुनै रुपमा महिला हिंसामा परेको देखिन्छ । हिंसाविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् । यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लागेकी छन्, सुभद्रा आले । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक ९असई०बाट सेवानिवृत्त…

प्रदेश १ की एक्ली महिला स्थानीयतह अध्यक्ष, जसले संघीयतालाई स्थापित गर्न मिहिनेत गरिन्
निकासखबर संवाददाता

झापा । मेनुका काफ्ले लामो राजनीतिक संघर्षले स्थापित नाम हो । ०३६र०३६ को विद्यार्थी आन्दोलनले जन्माएको योद्धा हुन्, मेनुका । २०४० सालबाट नेपाली कम्युनिस्ट आन्दोलनमा ‘होल टाइमर’ भएर होमिएकी मेनुका पार्टीको विभिन्न कमिटीमा काम गर्दै अहिले केन्द्रीय सदस्य भएकी छन् । संघीयतापछि भनेको पहिलो स्थानीय सरकारको पनि नेतृत्व गर्दै छिन्, उनी । संघीयतालाई संस्थागत गर्ने ठूलो जिम्मेवारी सम्हालेर २०७४ को स्थानीय तहको निर्वाचनपछि उनी झापाको कमल गाउँपालिका अध्यक्ष छिन् । उनी गोलाप्रथाबाट विजयी भएकी हुन् । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुकुमसिंह राईसँग बराबरी मत भएपछि भएको गोलमा उनी विजयी भइन् । काफ्ले प्रदेश(१ कै एक्ली महिला पालिका अध्यक्ष हुन्…