संघीय खबर

फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु
निकासखबर संवाददाता

इलाम, १६ वैशाख । इलाम–२ फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु हुँदैछ । चुलाचुली, माङसेबुङ गाउँपालिका र माइ, देउमाइ र इलाम नगरपालिकाको हुनेगरी आज बसेको सर्वदलीय बै्रठकमा सहमति भएको थियो । सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । मतगणना शुरु हुने फाकफोकथुमको परिणाम कस्तो होला ? उम्मेदवारको ढुकढुकी बढाइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले…

डेढ किलो सुन र नगद सहित सात जना पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, १४ वैशाख । अवैध सुन कारोवार गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । डेढ किलो सुन र एक करोड नगद रुपैयाँ सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका छन् । उनीहरुको साथबाट एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको…

भूमि व्यवस्था विभागका महानिर्देशकलाई कार्यकक्षमै कालोमोसो दलियो
निकासखबर संवाददाता

काठमाडौं, १२ बैशाख । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई उनको कार्यकक्षमै कालोमोसो दलिएको छ। मोहन वैद्य निकट क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले उनलाई बुधबार दिउँसो मोसो दलेका हुन् । युवाहरुको एक समूहले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी ‘केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने’ भन्दै मोसो दलेका थिए । कालोमोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी–६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर रहेको प्रहरीले जनाएको छ ।

कतारी राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने
निकासखबर संवाददाता

काठमाडौं, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि नेपालको दुईदिने राजकीय भ्रमण गर्दैछन् । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको अमिर शेखको स्वागतका लागि राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । अमिर शेखको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा…

दीपेश पुनसहित ६ जना धराैटीमा रिहा
निकासखबर संवाददाता

काठमाडौं, ७ बैशाख । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जना रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले पुनसहित अन्य छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारी आरोपीहरु ६ जनालाई रिहा गर्न आदेश दिएको हो । त्यस्तै अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेशमा भनिएको छ । दीपेशसँग चार लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापा मगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख धरौटीको माग…