संघीय खबर

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
निकासखबर संवाददाता

काठमाडौं, १८ वैशाख । प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङले २७ हजार ७७२ मतसहित विजयी भए भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए भने माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको…

बझाङ प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित
निकासखबर संवाददाता

काठमाडौं, १७ बैशाख । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभामा भएको निर्वाचनबाट नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा भण्डारीले २६६ मतान्तरणसहित ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४३ प्राप्त गरेका हुन् । भण्डारीको यो जीतसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्यको सिट सुरक्षित गरेका हुन् । को हुन् भण्डारी ? २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल…

इलाम–२: ५० प्रतिशत मत गन्दा सुहाङ नेम्वाङ ५ हजार मतले अगाडि
निकासखबर संवाददाता

काठमाडौं, १७ बैशाख । इलाम २ मा भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो कूल मतपत्रको ५० प्रतिशत हो । यहाँ कूल ६९ हजार २८७ मत खसेको थियो । अहिलेसम्मको मतपरिणम हेर्दा नेकपा एमालेका सुहाङ नेम्वाङको भारी मतान्तरको अग्रता कायमै छ । सुहाङको १४ हजार ६१३ भोट आउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ। दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ। तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।…

बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश
निकासखबर संवाददाता

विराटनगर, १६ बैशाख । विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको शुक्रबारको इजलासले उनलाई झिकाउने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो । सो पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो । ४ कात्तिक २०७६ राति साढे १२ बजे सुनसरीको चतरास्थित आश्रममा गिरीले आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित एक अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

शङ्खमूलमा आगलागी, ५ पसलमा क्षति
निकासखबर संवाददाता

काठमाडौं, १६ वैशाख । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसलसहित पाँच पसल जलेर नष्ट भएका छन् । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आएको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध बारुण यन्त्रले आगो निभाउने क्रम जारीरहेको प्रहरीले जनाएको छ ।