संघीय खबर

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी
निकासखबर संवाददाता

काठमाडाैं ।  निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको  माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनका लागि  आचारसंहिता जारी गर्न लागेकाे हाे  । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेकाे  प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।…

आफ्नै कार्यकालमा जनताको जीवनमा गुणात्मक परिवर्तन आउँछः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडाैं ।  नेकपा मा‌वादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीले शुत्भकामना ब्यक्त गरेका हुन् । विज्ञप्ति मार्फत  प्रधानमन्त्री प्रचण्डले नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित सबैमा  शुभकामना व्यक्त गर्दै -नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुक हो । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण…

सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पतालको निरीक्षण तथा अवलोकन गरेका छन् ।  सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाईको अवस्थाबारे अवलोकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्री मोदीले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन दिए । मुख्यगरी अस्पतालले आकस्मिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो ।  “यहाँको सुधार गर्नैपर्ने पक्ष भनेको आकस्मिक सेवा प्रवाह हो, आकस्मिक सेवा प्रवाहको सन्दर्भमा धेरै गुनासाहरु छन्” मन्त्री मोदीले भने, “आकस्मिक सेवा प्रवाहको सन्दर्भमा उल्लेख्य सुधार गर्न आवश्यक छ, त्यतातिर तपाईहरुको ध्यान जाओस् ।” मन्त्री मोदीले चिकित्सक र नर्सहरुको व्यवहार…

पर्यटन मन्त्रीले सार्वजानीकगरे आगामी समयमा गर्ने १० कामकाे सुची
निकासखबर संवाददाता

काठमाडाैं ।  सँस्कृति पर्यटना तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सुची सर्वजानिक गरेका छन्  । पदबहार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको ५ ओटा बुँदा सार्वजानिक गर्दै मन्त्री किरातीले अव गर्ने १० कामको सुची सार्वजानिक गरेका हुन् । साेमबार मन्त्रलयमा पत्रकारहरु संग भेटघाट गर्दै १० बुँदामा अव गर्ने कामहरुको सुचि सार्वजानिक गरेका हुन् ।  मन्त्री किरातीले पशुपती विश्वविद्यालय स्थापना, पशुपती सरसफाई ३ महिने अभियान, नेपाल नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरुमाथी हुने दुरव्यवहार सम्बन्धी उजुरी लिने स्थायी यूनिट निर्माण गर्ने तयारी रहेको जनाएका छन् । त्यस्तै सरसफाई सँस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा ९हप एण्ड हप अप०…

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् । पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेसँगै उप्रधानमन्त्री विष्णु पौडेल लगायत मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । यसअघि एमाले पार्टी कार्यालय च्यासलमा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाएपछि आफ्नो अपमान भएको महशुस गर्दै एमाले सरकारबाट बाहिरिएको छ । एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति…