संघीय खबर

राष्ट्रसेवकलाई अन्तर्राष्टिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छः मन्त्री मोदी
निकासखबर संवाददाता

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने, “राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्छ, बेलायत, अमेरिका, भारत लगायतका देशका कर्मचारीसँग प्रतिष्पर्धी बनाउनेगरी उनीहरुको क्षमता विकास गर्नुपर्छ, उनीहरुलाई कसरी सबल, सक्षम र दक्ष बनाउने भन्ने मुख्य जिम्मेवारी स्टाफ कलेजको हो, देश र जनतालाई सर्वोपरी ठानेर काम गर्ने प्रवृत्तिको…

कांग्रेस–एमाले दुवैले प्रतिपक्ष बेन्च खोज्दा संसद् बैठक प्रभावित
निकासखबर संवाददाता

काठमाडौं । संघिय संसदमा नेकपा एमाले र नेपाली कांग्रेस दुवैले प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक प्रभावित बनेको छ । दुबैदलले प्रतिपक्ष बेन्च खोजेका कारण बैठक प्रभावित भएका कारण संसद् सचिवालयले संसदको बैठक समेत सारेको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको हो । दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका थिए। त्यसअघि सभामुख देवराज घिमिरेले…

त्रिशुली–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न
निकासखबर संवाददाता

काठमाडौं ।  प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ।  बाँधलगायत संरचना ९हेडवर्क्स० निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको हो। रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि  ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण गरिएको हो।  सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काइ बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले जानकारी दिए। ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर…

११ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसदमा निर्वाचित भएको ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण ११ जना सांसदले अझै बुझाएका छैनन् ।  सघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ। यसरी सम्पत्ति विवरण नबुझाउनेमा फरार सूचिमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र निलम्बित सांसद नेपाली कांग्रेसका टेकबहादुर गुरुङसमेत रहेका छन् । विवरण नबुझाउनेमा कांग्रेसका सांसदहरू उदय शमशेर जबरा,अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद गुरुङ छन्। त्यसैगरी, नेकपा एमालेका फरार सांसद लक्ष्मी कोइरीसहित राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी,…

प्रधानमन्त्री प्रचण्डकाे काँधमा १६ वटा मन्त्रालयकाे जिम्मेवारी
निकासखबर संवाददाता

काठमाडाैं ।  नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे काँधमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै ताेकेकी हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राखेका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राखेका हुन् । एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम,…