संघीय खबर

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए । प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले अगाडि भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र…

अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट: मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन नेपालभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटका क्रममा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरक फरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकोले सरकारले आफ्नै सफ्वेयरबाट गर्ने तयारी गरेको छ ।” मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा लिन सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको बताइन् । अब पोलमा छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्न एउटै तारबाट लिन मिल्ने गरी कानूनी प्रावधान ल्याइँदै छ,…

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल
निकासखबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे  । प्रधानमन्त्री दाहालले भने “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।” सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक…

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छः मन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् । सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनले बताए ।र उक्त खण्डको स्थलगत अनुगमनमा निस्कोका उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारसँगको कुराकानीका क्रममा सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको र केही समस्या रहेका भए पनि समाधान निकालिसकिएको बताए । केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको शताउँदै उनले केही चौकी हटाइसकिएकोले अब छिट्टै काम सुरु गर्ने बताए । चिनियाँ…

माधव नेपालकाे नयाँ शर्तः नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने
निकासखबर संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने शर्त  राखेका छन् । नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भएकाे भेटवार्तामा उनले पाेखरेलसँग नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने शर्त राखेका हुन् । नेपाल सँग भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भएकाे नेपाल  निकट स्रोतले बतायाे । स्राेतले माधवनेपालले नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्न तयार रहेको बतायाे । सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम…